राष्ट्रपतिलाई मुद्दा लाग्दैन : सुशील पन्त
वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मुद्दा नलाग्ने बताएका छन् । विघटन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै पन्तले भने–‘राष्ट्रपतिलाई त मुद्दा लाग्दै लाग्दैन ।’
संसदीय शासन पद्दतिमा प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिको इन्हेरेन्ट राइट (विशेषाधिकार) भएको दाबी गर्दै पन्तले प्रश्न गरे,‘मुद्दा लाग्ने भए निवेदक पक्षले राष्ट्रपतिलाई किन प्रत्यर्थी नबनाएको ?’
धारा ७६(५) अनुसार राष्ट्रपतिले आफ्नो भनाइ नै राख्न मिल्दैन भनेर संविधानले नबोलेको पन्तले जिकिर गरेका छन् ।
२५ जनाभन्दा बढी भेला हुन नपाउने बेलामा भीड जम्मा गरेर अदालत प्रशासनले विघटन विरुद्धको रिटमा हस्ताक्षर सनाखत गराएकोमा पन्तले आपत्ति जनाएका छन् ।
‘न्यायमा अदालत प्रशासनले सहयोग गर्ने हो’ पन्तले भने,‘गैरकानुनी कागजात बनाएर वारिसमार्फत पनि कागजात प्रमाणित गरिएको छ, यस्तो प्रक्रियागत त्रुटीमा मेरो अब्जेक्सन छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु