माधव नेपालको व्यङ्ग्य : ओलीका अभिव्यक्तिहरू महत्त्वपूर्ण छन्, रेकर्ड गरेर राखाैँ
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरू महत्त्वपूर्ण रहेको भन्दै ती भाषणलाई रेकर्ड गर्न व्यङ्ग्यात्मक सुझाव दिएका छन् ।.सोमबार विपक्षी गठबन्धनले बुद्धिजीवीहरूसँग गरेको अन्तर्क्रियामा बोल्दै नेता नेपालले सधैँ संस्कार र मर्यादाका कुरा गर्नेले नै अरूको मर्यादा राख्न नसकेको धारणा राखेका हुन् । उनले नेतृत्वका कार्यशैलीलाई नै कार्यकर्ताले अनुसरण गर्ने भन्दै प्रधानमन्त्री ओलीका आइतबार र सोमबारका भाषणहरू रेकर्ड गरेर राख्न सुझाव दिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेताहरूले सम्मानपूर्ण सम्बोधन र भाषा प्रयोग नगरेको भन्दै बेला बेलामा संस्कार र संस्कृतिका कुरा गर्दै आएका छन् । उनले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा विपक्षी गठबन्धनका नेता सँगै नेता नेपालको तिखो आलोचना गरेका थिए । उनले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न बहुला कुकुरले टोकेको छ र भन्दै कटाक्षसमेत गरेका थिए । सोही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीका भाषण ध्यान दिन लायक रहेको भनी व्यङ्ग्य गरेका हुन् ।
उनले भने, “हामी आफै संस्कृति र संस्कारको कुरा गर्छौ । हामी आफ अरूको मान सम्मानको कुरा गर्छौ । तर हामी आफै त्यस्तो गर्छौ । यसमा नम्बर वान कोही छ भनेर खोज्दा खेरी आज हिजोको हाम्रा सम्माननीय प्रधानमन्त्री ज्यूको अभिव्यक्ति । उहाँको भाषण तपाईंहरु सबैले रेकर्ड गरेर राख्नुहोला । ध्यान दिन लायक छ । हिजोको पनि आजको पनि । म पनि खोजिरहेको छु । सबै कुराहरू ध्यान दिनुपर्ने खालको रहेछ । सबैले सिक्नै पर्छ । पोजेटिभ सिकौँ या नेगेटिभ सिकौँ । सिक्नु चाहिँ पर्छ । माथि कस्तो छ त्यसको असर तल पर्छ । ‘मलाई बहुला कुकुरले टोकेको छ र भनेर कति राम्रा कुरा गर्नुभएको छ उहाँले सबैको ध्यान जाओस् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी