नेदरल्यान्ड्सविरुद्ध चेक गणतन्त्र : यी हुन् नतिजा उल्ट्याउन सक्ने खेलाडी
जर्जिनियो विज्नाल्डुम
यसै सिजन लिभरपुलबाट पेरिस सेन्ट जर्माइनमा आबद्ध भएका विज्नाल्डुम जारी प्रतियोगितामा निकै उत्कृष्ट देखिएका छन् । उनको फर्म देखेर पिएसजी समर्थक पक्कै पनि दंग परेको हुनुपर्छ । नेदरल्यान्डस्को कप्तानी गरिरहेका ३० वर्षीय विज्नाल्डुमले जारी प्रतियोगितामा ३ गोल गरिसकेका छन् ।
उनले आक्रमणका धेरैभन्दा धेरै अवसर सिर्जना गर्दै विपक्षीलाई निरन्तर चुनौती दिइरहेका छन् । उनले युक्रेनविरुद्धको खेलमा सुरुवाती गोल गरेका थिए भने समूह चरणको अन्तिम खेलमा अस्ट्रियाविरुद्ध दुई गोल गरे । प्रतियोगिताको दाबेदार मानिएको नेदरल्यान्डस्ले विज्नाल्डुमबाट यस्तै प्रदर्शनको अपेक्षा गरेको छ ।
प्याट्रिक सिक
बार्यन लिभरकुसेनबाट खेल्ने यी फरवार्ड जारी प्रतियोगितामा चेक गणतन्त्रको मुख्य हतियार बनेका छन् । समूह चरणमा चेक गणतन्त्रले गरेका तीनवटै गोल उनकै नाममा रह्यो ।
उनले सुरुवाती खेलमा स्कटल्यान्डविरुद्ध दुई गोल गरे । त्यसक्रममा एउटा गोल ४९ दशमलव ७ यार्ड परबाट गरिएको थियो, जो युरोकपकै सर्वाधिक लामो दुरीको गोल हो । इभान पेरिसिकले बराबरी गोल फर्काउनुअघि क्रोयशियाविरुद्ध उनले नै चेक गणतन्त्रलाई पेनाल्टीमार्फत अग्रता दिलाएका थिए ।
आजको खेलमा पनि सिकबाट यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ । तर, बलियो नेदरल्यान्ड्सविरुद्ध एकै खेलाडीमा निर्भर गरेर हुँदैन । अग्रपंक्तिका अन्य खेलाडीसँगै चेक गणतन्त्रको रक्षापंक्ती पनि सुदृढ हुन जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का