बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

इतिहास चेकको पक्षमा, वर्तमानमा नेदरल्यान्डस् शक्तिशाली

आइतबार, १३ असार २०७८, ११ : ५५
आइतबार, १३ असार २०७८

युरोकप फुटबलअन्तर्गत आज नेपाली समयअनुसार ९ः४५ मा चेक गणतन्त्र र नेदरल्यान्डस्बीच प्रतिस्पर्धा हुँदैछ । फ्रयाङ डि बोरको प्रशिक्षणमा नेदरल्यान्डस्ले जारी युरोकपमा निकै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । आइतबार हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा चेक गणतन्त्रविरुद्ध उसले यही प्रदर्शनलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । 
दुई टोलीबीचको हेड–टु हेड नतिजामा चेक गणतन्त्र अघि छ । तर, पछिल्लो प्रदर्शन नियाल्ने हो भने नेदरल्यान्स् निकै बलियो छ । नेदरल्यान्डस्ले पछिल्ला ६ खेलमध्ये ५ खेल जितेको छ भने १ खेलमात्रै बराबरी खेलेको छ । युरोकपमा उसले अहिलेसम्म सबै खेल जितेको छ । 

समूह सीमा आफ्ना सबै खेल जित्दै विजेताका रुपमा नेदरल्यान्डस्ले अन्तिम १६ मा स्थान बनाएको हो । यता चेक गणतन्त्रले पछिल्ला ६ खेलमध्ये तीन खेल हारेको छ, दुई खेलमा जित र एक खेल बराबरीमा रोकिएको छ । समूह डीमा एक जित, एक बराबरी र एक हारसहित तेस्रो स्थान हासिल गरेर नकआउट चरणमा छानिएको हो । 

यसक्रममा नेदरल्यान्डस्ले समूह चरणमा ८ गोल ग¥यो । जारी प्रतियोगितामा नेदरल्यान्डस्का जर्जिनियो विज्नाल्डुमले तीन र मेम्फिस डेपेले दुई गोल गरिसकेका छन् । त्यस्तै, अर्का स्ट्राइकर वाउट वेग्हस्ट्रले पनि गोलको खाता खोलेका छन् । अहिलेकै प्रदर्शन जारी राख्ने हो भने नेदरल्यान्डस् प्रतियोगिताको स्वभाविक दाबेदार हो । 

मिडफिल्डमा कप्तान विज्नाल्डुमसँगै फ्रयांकी डि जोङजस्ता विश्वस्तरीय खेलाडीको साथ नेदरल्यान्डस्लाई छ । युभेन्टस्बाट खेल्ने माथिईज डि लिग्ट विश्वकै उत्कृष्ट डिफेन्डरमध्ये एक मानिन्छन् । 

यता, समूह चरणको खेलमा रहिम स्ट्रलिङले निर्णायक गोल गर्दा इङल्यान्डसँग चेक गणतन्त्र १–० ले पराजित भएको थियो । तर, त्यसअघि नै स्कटल्यान्डविरुद्धको विजय र क्रोयशियासँगको बराबरीका कारण चेकले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरिसकेको थियो । चेकोस्लोभाकियाबाट चेक गणतन्त्र बनेयता यस टोली युरोमा अन्तिम १६ बाट कहिल्यै बाहिरिएको छैन । 

१९९६ मा चेक गणतन्त्र फाइनलमा पुगेको थियो, २००४ मा सेमिफाइनल पुग्यो भने २०१२ मा उसको यात्रा क्वाटरफाइनलमा टुंगियो । आजको खेल जित्ने हो भने पेट्रिक सिकसँगै अन्य फरवार्डले पनि सक्दो प्रदर्शन गर्नुपर्छ । समूह चरणमा सिकबाहेक अन्य खेलाडीले चेकका लागि गोल गर्न सकेनन्, टोलीका सबै तीन गोल उनकै नाममा रह्यो । उनले स्कटल्यान्डविरुद्ध ४९.७ यार्ड परबाट गोल गर्दै युरोमा लामो दूरीको गोल गर्ने किर्तिमान पनि बनाए । 
नेदरल्यान्डस् र चेक गणतन्त्रबीच २००४ को युरोमा पनि भेट भएको थियो । त्यतिबेला मिलान भारोस र भ्लादिमिर 
स्मिसरले गोल गर्दा चेक गणतन्त्रले उत्कृष्ट कमब्याक गर्दै ३–२ को जित निकाल्यो । 

अक्टुबर २०१५ मा यी दुई टोली पछिल्लोपटक भिडेका थिए । र, यस खेल पनि चेक गणतन्त्रले ३–२ ले नै जिते । यी दुई टोलीबीचका ११ भिडन्तमध्ये चेक गणतन्त्रले ५ खेल जितेको छ भने ३ खेल नेदरल्यान्डस्ले जितेको छ । बाँकी ३ खेल बराबरीमै टुंगिएको छ । 

विश्वकपमा दुबै अभागी यी दुबै टिम विश्वकपमा भने अभागी मानिन्छन् । तत्कालीन चेकोस्लोभाकिया (चेक गणतन्त्र र स्लोभाकिया विभाजित हुनअघि) सन् १९३४ र १९६२ मा विश्वकपको फाइनलमा पुगेर पनि उपाधि जित्न असफल रह्यो । नेदरल्यान्डस् सन् १९७४, १९७८ र २०१० मा फाइनल पुगेर हा¥यो । नेदरल्यान्डस् १९८८ को युरोकप विजेता हो । विभाजनपूर्व चेकोस्लोभाकियाले युरोकपको उपाधि जितेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप