केपी ओली भन्दा काँग्रेस धेरै वामपन्थी : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली भन्दा अहिले काँग्रेस वामपन्थी भएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गठबन्धन बनाएर आन्दोलन गर्न थालेपछि ओलीले आफूलाई फोन गरेर ‘तपाई वामपन्थीको सरकार ढालेर काँग्रेससँग मिलेर के गर्न लाग्नुभएको ?’ भनेर सोध्दा आफूले ‘काँग्रेस त तपाइँ भन्दा धेरै वामपन्थी रहेको भन्ने जवाफ दिएको बताए ।
‘काँग्रेस लोकतन्त्रको रक्षाका लागि हिँडेको छ । संविधानको रक्षाका लागि हिँडेको छ । तपाईं लोकतन्त्र र संविधान ध्वस्त पार्न लाग्नुभएको छ । अनि कसरी तपाई वामपन्थी र काँग्रेस दक्षिणपन्थी ?’, ओलीलाई दिएको जवाफ उधृत गर्दै प्रचण्डले बताए ।
सम्पादकहरूले गठबन्धनको यात्राबारे सोधेको प्रश्नमा प्रचण्डले यो संविधान र लोकतन्त्रको रक्षाका लागि ५ दलीय गठबन्धन बनेकाले यो नटुट्ने समेत बताए ।
प्रचण्डले गठबन्धन टुटाउन ओलीले प्रयास गरेपनि सफल नहुने समेत दावी गरे ।
‘जुन दिन अदालतले सकारात्मक फैसला गर्ने संकेत देखाएको थियो, त्यस दिन प्रधानमन्त्रीले राती एउटा अपिल निकाल्नुभयो । खासगरी माधवजीलाई संकेत गरेर’, प्रचण्डले ओलीले एमाले एकताका लागि गरेको प्रस्तावलाई संकेत गरेका थिए ।
उनले गठबन्धन प्रधानमन्त्री ओलीका विरुद्ध संघर्षमा उत्रेको भनेर नबुझ्न आग्रह गर्दै लोकतन्त्र बचाउने र नबचाउने बीचको लडाइ भएको पनि प्रचण्डको भनाइ छ ।
प्रचण्डले विगतमा आफूहरुबाट समेत केही गल्ति भएको स्वीकार गर्दै अव सच्याउँदै जान तयार रहेको बताए ।
‘पाँच दलीय गठबन्धनको सैद्धान्तिक, राजनीतिक र भावनात्मक आधारबारे छलफल गरेर नै गठबन्धन बनेको हो’ प्रचण्डले भने, ‘संविधानलाई परिमार्जित गर्दै लैजाने , निर्वाचनका बेला भनेका लोकतन्त्रको आधारभूत मान्यतालाई रक्षा गर्नैपर्छ । देशको राष्ट्रियताको रक्षा गर्नैपर्छ ।’
उनले पाँच दलीय गठबन्धनमा सहभागी राजनीतिक दलभित्र एकै अवस्था नरहेपनि माधव नेपाल र उपेन्द्र यादवको पार्टीमा केही जटिलता रहेपनि ती जटिलतालाई सामुहिक समस्याका रुपमा लिनुपर्ने बताए । यद्यपी गठबन्धनमा रहेका सवै पार्टी गणतन्त्रका लागि योगदान दिएकै पार्टीहरू भएको बताए ।
संविधान बनाउने र सिध्याउने प्रवृतिहरु उस्तै हुन नसक्ने भन्दै प्रचण्डले ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला पनि संविधान नबन्ने देखेर नै विकल्प खोजिएको बताए । उनले केपी ओली र विपक्षी गठबन्धन उस्तै हुन नसक्ने भन्दै आफुहरु भन्दा राम्रा नेता ल्याए छोड्न तयार रहेको बताए ।
प्रचण्डले ओली आइ ‘एम द स्टेट’ भनेर हिँडिरहेको भन्दै यति धेरै गल्ती गर्दा पनि गल्ती स्वीकार गर्न तयार नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
-
श्रीलङ्कामा सात दिन : ती चियाबारी, त्यो रेल र त्यो रोमाञ्चक यात्रा
-
सहज बन्दैछ पोखरा यात्रा, तस्बिरहरू
-
नेपाल र हङकङबिचको खेलमा वर्षा बाधक
-
संविधान पुनरवलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला
-
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको कार पहिरोले पुरियो, यात्रु सकुशल