केपी ओली ज्ञानेन्द्र पथमा लागे : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजा ज्ञानेन्द्रको सिको सिकेर अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक अंगहरु तहसनहस पार्दै मुलुकलाई स्वेच्छाचारी र निरकुशतातिर लैजाने प्रयत्नमा लागेको बताएका छन् ।
बिहीबार विभिन्न मिडियाका सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष यादवले इतिहासमा एउटै प्रधानमन्त्रीले एउटै कार्यकालको संसद दुई–दुई संसद विघटन गरेर अनौठो रेकर्ड कायम गरेको बताए । उनले ओलीका गतिविधि लोकतन्त्र र संविधानलाई समाप्त पारेर स्वेच्छाचारी शासन गर्न लागिपरेकोमा दुईमत नरहेको बताए ।
त्यस्तै उनले राष्ट्रपतिले समेत संविधानको ख्याल नगरेको बताए । उनले संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपतिकोमा नयाँ सरकार गठनका लागि जाँदा समेत वेवास्ता गरेको बताए त्यसले राष्ट्रपतिका समेत भुमिकामा प्रश्न उठेको यादवको भनाई छ ।
‘राष्ट्रपतिको भुमिका पनि शंकास्पद छ, प्रश्न उठेको छ’, यादवको भनाइ छ । उनले लोकतन्त्र र संविधानको रक्षाका लागि ५ दलले राजनीतिक र कानुनी रुपमा लडिरहेको र आगामी दिनमा समेत गठबन्धन मिलेरै अघि बढ्ने र प्रतिगमनलाई परास्त पार्ने विश्वास दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
-
ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : अध्यक्ष ढकाल
-
नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प
-
सुनसरीमा गोली चलाउने व्यक्तिको पहिचान खुल्यो
-
बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट