केपी ओली ज्ञानेन्द्र पथमा लागे : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजा ज्ञानेन्द्रको सिको सिकेर अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक अंगहरु तहसनहस पार्दै मुलुकलाई स्वेच्छाचारी र निरकुशतातिर लैजाने प्रयत्नमा लागेको बताएका छन् ।
बिहीबार विभिन्न मिडियाका सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष यादवले इतिहासमा एउटै प्रधानमन्त्रीले एउटै कार्यकालको संसद दुई–दुई संसद विघटन गरेर अनौठो रेकर्ड कायम गरेको बताए । उनले ओलीका गतिविधि लोकतन्त्र र संविधानलाई समाप्त पारेर स्वेच्छाचारी शासन गर्न लागिपरेकोमा दुईमत नरहेको बताए ।
त्यस्तै उनले राष्ट्रपतिले समेत संविधानको ख्याल नगरेको बताए । उनले संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपतिकोमा नयाँ सरकार गठनका लागि जाँदा समेत वेवास्ता गरेको बताए त्यसले राष्ट्रपतिका समेत भुमिकामा प्रश्न उठेको यादवको भनाई छ ।
‘राष्ट्रपतिको भुमिका पनि शंकास्पद छ, प्रश्न उठेको छ’, यादवको भनाइ छ । उनले लोकतन्त्र र संविधानको रक्षाका लागि ५ दलले राजनीतिक र कानुनी रुपमा लडिरहेको र आगामी दिनमा समेत गठबन्धन मिलेरै अघि बढ्ने र प्रतिगमनलाई परास्त पार्ने विश्वास दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण