२० जना मन्त्रीको जागिर ‘चैट’ गराएका अधिवक्ता त्रिपाठी भन्छन्– संविधान अक्षरहरुको संग्रहमात्रै होइन
प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्नु ‘असंवैधानिक’ भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सोही रिटमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले दिएको आदेशले २० जना मन्त्रीको जागिर खुस्कियो ।
‘कामचलाउ’ भइसकेका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न मिल्दैन भन्ने दावीका साथ रिट निवेदन दायर गर्नेमध्येका एक अधिवक्ता त्रिपाठीसँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँगको कुराकानीको सम्पादित अंश :
तपाईंकै कारणले २० जना मन्त्रीको जागिर गयो नि ?
मेरा कारणले उनीहरुको जागिर गएको होइन । मेरो नियत उनीहरुको जागिर खाइदिने पनि होइन । बरु उनीहरुको जागिर संविधानले खाइदियो भन्दा हुन्छ । किनभने संविधानअनुसार उहाँहरुको नियुक्ति भएन, थिएन ।
तर रिट निवेदन दर्ता गरेर उनीहरुको जागिर खोसिदिने माध्यम त तपाई बन्नुभयो नि ?
हो, संविधानविपरित नियुक्ति भएकाले म त्यसलाई सच्याउनुपर्छ भनेर माध्यम बन्न सकेँ र संविधानको प्रावधानलाई क्रियाशील गर्ने काममा भूमिका खेलेँ । त्यसकारण मैले उहाँहरुको जागिर खाइदिएको भनेर बुझ्नुभन्दा पनि संविधान मिचेर उहाँहरुले जागिर खानुभएको थियो, कानुनले त्यसलाई इजाजत दिँदैनथ्यो, दिनु हुँदैनथ्यो भनेर म माध्यम बनेकोमात्रै हो ।
सरकारका विभिन्न निर्णयलाई लिएर तपाई बारम्बार अदालतमा रिट दिन पुग्नुहुन्छ, चर्चाकै लागि त यो सब गरिरहनुभएको होइन ?
म चर्चित बन्नकै लागि अदालत गएको होइन । सरकारले एकपछि अर्को गरी संविधान मिच्दै गएको छ । संविधानलाई मृतप्रायः बनाउन लागिएको र अंगभंग गर्न लागिएको थियो । यस्तो भइरहेका बेला म एउटा कानुन व्यवसायी र सचेत नेपाली नागरिकसमेत भएको नाताले मौन रहनु मेरो कर्तव्यभित्र पर्दैन भन्ने मेरो अन्तस्करणको बुझाइ हो ।
एउटा भनाइ नै छ कि अन्याय भइरहेको बेला मौन बस्नु पनि एक किसिमको अपराध नै हो । त्यसकारण राज्य सञ्चालकहरुले गरेको आपराधिक कृयाकलापलाई मौन बसेर मतियार बन्नु म उचित ठान्दिनँ । एउटा सचेत नागरिकको नाताले आवाज उठाउनु पर्छ र त्यहीअनुसार म अघि बढ्छु ।
संविधान ठाडै मिचिएको देख्दा मौन बस्न मेरो नैतिकताले दिँदैन । अहिलेसम्म हाम्रा राजनीतिज्ञ वा राज्य सञ्चालकहरूले नागरिकको शक्तिलाई अन्डरइस्टिमेट गर्दै आएका छन् । तर एउटा निहत्था व्यक्ति वा सामान्य नागरिकले पनि आफ्नो भूमिका निर्वाह गरेमा त्यसबाट पनि ठुलो चेन्ज आउन सक्छ भन्ने कुरा बुझ्न जरुरी छ ।
पाइलैपिच्छे यसरी रिट निवेदन लिएर अदालत जाँदा सरकारलेचाहिँ कसरी काम गर्ने त ? के सरकारलाई यसरी नै ट्रयापमा पारिरहने ?
संविधान बमोजिम सरकारले जति पनि काम गर्न पाउँछ । संविधानअनुसार काम गर्नलाई कसैले रोक्ने कुरै हुँदैन । संविधानको चार किल्लाभित्र रहेर सरकारले काम गर्न पाउनुपर्छ भन्नेमा कसैको दुईमत नै हुँदैन र छैन । तर एउटै मान्यता के हो भने अनेक बहानामा संविधानलाई मिच्न चाहिँ पाइँदैन । संविधानको सर्वोच्चतालाई सबैले स्वीकार गर्नुप¥यो ।
अझ प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको संविधान निर्माण प्रक्रियाको पुस्ताकै राजनीतिज्ञ पनि हो । संविधानसभा लगायतका अन्य संविधान निर्माण प्रक्रियामा स्वयं प्रधानमन्त्रीसमेत सहभागी हुनुभएको हो । अबको ५० वर्षपछि कस्ता राजनीतिज्ञ आउलान्, के गर्लान्, त्यो अर्कै कुरा हो । तर उहाँ त यो संविधान निर्माणमा प्रत्यक्ष सहभागी भएको व्यक्ति हो । आफै सहभागी भएर जारी भएको संविधान, यत्रो सकसपछि बल्ल जारी भएको संविधानलाई बेवास्ता गर्दै यो मुलुकमा संविधान पनि छ है भन्ने सामान्य हेक्का पनि उहाँले राख्नुभएन । यो मुलुकमा अदालत पनि छ भन्ने हेक्का राख्नुभएन । बेलगाम घोडाजस्तो हिँडिरहँदा हामी नागरिकले चेक गर्नुपर्छ । यो मुलुकका सबै नागरिकको जिम्मेवारी हो संविधानको पालना गर्ने कुरा । त्यसैले नागरिकको नाताले त मेरो यो संविधानको पालना गर्ने जिम्मेवारी छँदैछ, एउटा कानुन व्यवसायीसमेत भएको हिसाबले यसको पालना गर्नु थप जिम्मेवारी हो ।
यस्तो अवस्थामा संविधान ठाडै मिचिएको देख्दा मौन बस्न मेरो नैतिकताले दिँदैन । अहिलेसम्म हाम्रा राजनीतिज्ञ वा राज्य सञ्चालकहरूले नागरिकको शक्तिलाई अन्डरइस्टिमेट गर्दै आएका छन् । तर एउटा निहत्था व्यक्ति वा सामान्य नागरिकले पनि आफ्नो भूमिका निर्वाह गरेमा त्यसबाट पनि ठुलो चेन्ज आउन सक्छ भन्ने कुरा बुझ्न जरुरी छ । यसको अर्थ एउटा समान्य नागरिक पनि परिवर्तनको बाहक बन्न सक्छ । त्यसकारण हाम्रा राजनीतिज्ञहरुले बुझ्नुपर्ने कुरा के हो भने एउटा सामान्य नागरिकलाई पनि कम आँक्न हुँदैन । संविधानको शक्तिलाई पनि फिल गर्नसक्नुपर्छ । संविधान अक्षरहरूको संग्रहमात्रै होइन, फङस्नल दस्तावेज हो । यसलाई मिच्यो भने समात्छ । अदालत पनि एउटा जीवन्त संस्था हो, यसको शक्तिलाई पनि अन्डरइस्टिमेट नगर भनेको हो । त्यसकारण मंगलबार ‘ल्याण्डमार्क अर्डर’ आयो । यो अहिलेका प्रधानमन्त्रीलाई मात्रै होइन, भावी प्रधानमन्त्रीका लागि पनि चेतावनी हो, पाठ हो । बुद्धिमान मान्छेहरु इतिहासबाट शिक्षा लिन्छन्, मुर्ख मान्छेहरु इतिहास दोहो¥याउन अभिशप्त हुन्छन् ।
अहिलेको सरकारले यति धेरै असंवैधानिक कदम चाल्नुका कारण के के देख्नुहुन्छ ?
प्रधानमन्त्री ओलीलाई संविधान भनेको केही पनि होइन भन्ने लाग्नु नै यसको जड हो । म सर्वेसर्वा हुँ भन्ने उहाँलाई लाग्छ । ‘आइ एम द स्टेट’ भन्ने उहाँमा मनोरोग छ । कोही मान्छे पावरमा पुगेपछि म नै सर्वशक्तिमान हुँ भन्ने भ्रम जाग्छ । भएको त्यही हो । शक्तिमा पुगेपछि चाटुकार वा भजनमण्डलीहरु आफै तयार हुन्छन्, त्यसले गर्दा शक्तिका कारणले मुर्खहरु पनि पूजित भइरहेका हुन्छन् । त्यसरी पुज्न थालेपछि उसलाई भ्रम थपिन्छ र भन्न थाल्छ– म नै सबैथोक हो । मेरो शक्तिलाई कसैले च्यालेन्ज गर्न सक्दैन । अनन्तकालसम्म म रहिरहनेछु ।
अदालतको पनि एकनासको रेकर्ड त छैन । चुकेको रेकर्ड पनि छ । तर पछिल्ला दिनहरुमा अदालतले खुट्टा टेक्दै गएकोचाहिँ देखिन्छ । अदालतले आफ्नो ‘पावर एसल्ट’ गरेको देखिन्छ । अहिले मान्छेहरुले कार्यपालिकाको अधिकारमा हस्तक्षेप भयो भनेर प्रश्न पनि गरेका छन् । हिजोकै केसमा पनि प्रधानमन्त्रीको अभिव्यक्ति आयो–अदालतमा राजनीति भयो ।
मैले जे पनि गर्न पाउँछु भन्ने मानसिक भ्रमको शिकार अहिलेको प्रधानमन्त्री पनि बन्नुभयो । प्रधानमन्त्रीका सय दुईसय जो भजन मण्डलीमा छन्, जसले उहाँको शासनकालमा अर्बपति हुने मौका पाए, राज्यसत्ताको दुरुपयोग गरेर उहाँले जसरी उनीहरुलाई लाभान्वित गर्नुभयो । त्यसैगरी उहाँबाट पालितपोषितबुद्धिजीवी, मिडिया, चाटुकार र भजनमण्डली तयार भयो । उहाँलाई लाग्यो राष्ट्र भनेको यहीमात्रै हो । त्यसकारण उहाँ संविधान वा अदालत भन्ने केही होइन, नागरिक आवाज केही होइन, मलाई कसैले चुनौती दिन सक्दैन भन्ने मनोविज्ञानबाट ग्रस्त हुनुभयो ।
अहिलेको सन्दर्भमा शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संविधानको पालना गर्ने इमानदार निकाय अदालत मात्रै भएको हो त ?
अदालतको पनि एकनासको रेकर्ड त छैन । चुकेको रेकर्ड पनि छ । तर पछिल्ला दिनहरुमा अदालतले खुट्टा टेक्दै गएकोचाहिँ देखिन्छ । अदालतले आफ्नो ‘पावर एसल्ट’ गरेको देखिन्छ । अहिले मान्छेहरुले कार्यपालिकाको अधिकारमा हस्तक्षेप भयो भनेर प्रश्न पनि गरेका छन् । हिजोकै केसमा पनि प्रधानमन्त्रीको अभिव्यक्ति आयो–अदालतमा राजनीति भयो ।
म भन्छु–अदालतले राजनीति गरेको होइन, केवल संविधानका बारेमा सचेतमात्र गराएको हो कि तिम्रो पावर यतिमात्रै हो । तिम्रो शक्ति सीमित छ । संविधानले राज्यका अंगहरुको सीमा तोकेको छ । नतोक्दा राज्य स्वेच्छाचारी र निरंकुश हुन्छ । त्यो रोक्नका लागि संविधानका विभिन्न व्यवस्था गरिएका हुन् । चेक एण्ड ब्यालेन्सको व्यवस्था गरिएको छ र अदालतलाई ‘वाच डग’का रुपमा राखिएको छ । यो अर्थमा अदालतले आफ्नो संवैधानिक भूमिका निर्वाह गरेको हो भनेर बुझ्नुपर्छ । अदालतले जे गर्नुपर्ने हो त्यही नै गरेको हो । अदालतले गर्नुपर्ने काम नगर्दा जनतमा व्यापक निरासा आउनसक्छ ।
नेपालको राजनीतिमा अदालत प्रवेश गर्यो भन्ने टिप्पणीचाहिँ कस्तो हो ?
अदालत भनेकै बहुमतीय निरंकुशताविरुद्धको संवैधानिक बन्दोबस्त हो । बहुमत भएको व्यक्ति वा राज्य सञ्चालक निरंकुश र स्वेच्छाचारी नहोऊन्, संवैधानिक अनुशासनभित्र बसुन् भनेर अदालतको निर्माण गरिएको हो । त्यसकारण अदालत राजनीतिमा प्रवेश गरेको होइन । प्रधानमन्त्री र राष्ट्रपतिले गरेका हरेक कार्यहरु राजनीतिकमात्रै होइनन्, जसमा संवैधानिक र कानुनी प्रश्न जोडिएका छन् । प्रधानमन्त्री र राष्ट्रपतिले केही निर्णय गर्दैमा त्यो राजनीतिकमात्रै हुन्छ भनेर बुझ्न हुँदैन । त्यसैले त्यस्ता निर्णयहरुमा संवैधानिक कानुनी प्रश्न उठेमा त्यसको निरुपण गर्नु अदालतको कर्तव्य हो । यहाँ गलत भ्रम पनि पार्न खोजिएको छ कि अदालत राजनीतिमा प्रवेश ग¥यो भनेर । यो सत्य होइन । अदालतले संविधानको सीमाहरुका बारेमा राज्य सञ्चालकहरुलाई सचेतमात्रै गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो