बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दक्षिणकालीमा भेटिएको शव पहिचान, मृतक युट्युबमा भाइरल महिला भएको पुष्टि

बुधबार, ०९ असार २०७८, १२ : २८
बुधबार, ०९ असार २०७८

काठमाडौंको दक्षिणकालीमा भेटिएको शवको पहिचान भएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको पत्ता लागेको जानकारी दिए ।

‘विस्तृत अनुसन्धान भइनै रहेको छ । तर शव पहिचान भएको छ, शव सन्तोषी सुब्बा​को भन्ने खुलेको छ’, खापुङले जानकारी दिए ।

प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले पनि दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको बताए ।

प्रहरीका अनुसार शव टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप