बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेलम्चीको बाढीले ढाल्यो हेलम्बु प्रहरी कार्यालयको तीन तले पक्की भवन

शनिबार, ०५ असार २०७८, ११ : ०९
शनिबार, ०५ असार २०७८

गएराती मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु इलाका प्रहरी कार्यालयको तीन तले भवन ढलाएको छ । बाढीको उच्च जोखिम भएकोले प्रहरीले सो भवन छोडिसकेको थियो । 

यस्तै ग्याल्थुममा रहेको इष्ट पोइन्ट माध्यमिक बिद्यालयको भवन रहेको जमिन कटान हुँदा ढल्ने अवस्थामा पुगेको छ । हेलम्बु क्षेत्रका तालामाराङ्, ग्याल्थुम, शेरा, चनौटे, किउल, तिम्बु, अम्बाथान लगायतका स्थानमा नदी छेउ रहेका बस्तीहरु बगरमा परिणत भएका छन् । 

बाढीले क्षति पुर्याउदै आएको ४ दिन बित्दासमेत सरकारको मुख देख्न नपाएको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन् । गत असार १ गतेदेखि मेलम्ची खोलामा निरन्तर बाढी आइरहेको छ । सो बाढीले दर्जनौ ब्यक्ति बेपत्ता पारेको छ भने भौतिक संरचना तथा खेतीयोग्य जमिन तहसनहस पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप