शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको भोटेकोसी नदीमा बाढीको तह बढ्यो

शुक्रबार, ०४ असार २०७८, २२ : १७
शुक्रबार, ०४ असार २०७८

सिन्धुपाल्चोकको भोटेकोसी नदीमा पानीको बहाव उच्च भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले शुक्रबार राती ९ः ५० बजे बाह्रबिसे स्थित भोटेकोसी नदीमा बाढीको तह ‘वार्निङ’ तहमा पुगेको जनाएको छ । 
३ दशमलव १० मिटरमा ‘वार्निङ’ तह रहनेमा अहिले पानीको तह ३ दशमलव १३ मिटर पुगेको छ । ३ दशमलव ६० मिटरमा बाढीले खतराको तह पार गर्छ ।  भोटेकोसी नदीको किनारमा रहेको बाह्रबिसे बजार सहित अन्य बजारहरु हरेक बर्ष वर्षायाममा जोखिममा पर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप