आयोग जाने पीडितहरु हुन्, हामी निर्णयलाई पर्खन्छौँ : महन्थ पक्ष
जनता समाजवादी पार्टी (जसपा) नेपाल (महन्थ ठाकुर पक्ष) का कार्यकारिणी सदस्य अनिलकुमार झाले पार्टीको अधिकार नभएको पक्ष आधिकारिकताका लागि निर्वाचन आयोग पुगेको टिप्पणी गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले बहुमत सदस्यको हस्ताक्षरसहित दलको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि नेता झाको यस्तो प्रतिकृया दिएका हुन् ।
‘अधिकार माग्ने भनेको पीडितले हो । उपेन्द्र यादव पीडित हुनुहुन्छ त्यही भएर अधिकारका लागि निर्वाचन आयोग जानु भएको हो,’ उनले भने, ‘हामीले त पार्टीलाई सिस्टममा चलाउन खोजेका हौँ । तर कोही बलजफ्ति पार्टी चलाउन चाहन्छ र त्यसैका लागि आधिकारिकता लिन निर्वाचन आयोग जान्छ भने त्यसमा हामीलाई केही भन्नु छैन ।’
आधिकारिकताका लागि निवेदन परेकाले पार्टीको बारेमा के गर्ने हो, त्यो जिम्मेवारी निर्वाचन आयोगको रहेको पनि उनले बताए । खानेपानी मन्त्री समेत रहेका नेता झाले आफूहरुले पनि पार्टीका हरेक गतिविधिको बारेमा निर्वाचन आयोगलाई जानकारी गराउँदै आएको बताउँदै पार्टीको विवाद निर्वाचन आयोगमा पुगेका कारण निर्णयका लागि पर्खिनै पर्ने बताए ।
आधिकारिकताको बारेमा निर्णय गर्न अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक बोलाउँदा अर्का अध्यक्ष महन्थ ठाकुरले पार्टीको कुनै पनि बैठक नरहेको बताएको र जबर्जस्ती बैठक बसेर गरिएको कुनै पनि निर्णय मान्य नहुने जानकारी निर्वाचन आयोगलाई गराइसकेको पनि उनले जानकारी दिए । त्यसअघि कार्यकारिणी समितिमा २० जना थपेको बारेमा पनि निर्वाचन आयोगलाई ठाकुर पक्षले जानकारी गराइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

