बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

के छ यादव पक्षले आधिकारिकता दाबी गरेको निवदेनमा ? (पत्रसहित)

महन्थ ठाकुरमाथि आरोपै आरोप
शुक्रबार, ०४ असार २०७८, १७ : ११
शुक्रबार, ०४ असार २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले आज निर्वाचन आयोगमा दलको आधिकारिकताका लागि दावी पेस गरेको छ । संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४, दलको अन्तरिम विधान २०७७ (सं.स) समेतको अनुकूल सञ्चालन गर्न गराउन आवश्यक भएकोले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफ ४३ को (ग) बमोजिम आधिकारिकताको लागि दफा ४४ (१) बमोजिम आधिकारीक निर्णय आवश्यक भएको निवेदनमा उल्लेख छ । दफा ४४ उपदफा (२) (३( (५) (६) (७), दफा ४५, ४६ (१) (२( बमोजिम पुरा गरी आधिकारिकताको लागि जसपा नेपालको कार्यकारिणी समितिको २०७८ असार ३ गते बसेको बैठकले गरेको निर्णय अनुसार लिखित दावी पेस गरिएको निवेदनमा उल्लेख छ ।

​जेठ ७, ८ र १७ र असार ३ गते बोलाइएको बैठकलाई महन्थ ठाकुर अनुपस्थित रही बारम्बार बैठकको सूचनालाई समेत वेवास्ता गरी, फरक सूचनाबाट बैठक स्थगित गरेर पार्टीको दैनिक कार्यदेखि आन्तरिक जीवन, राजनीतिक जीवन ठप्प पारी दलको गतिविधि दूरगामी प्रभाव र क्षति हुने गरी पार्टीलाई विभाजनको तहसम्मको एकपक्षीय रुपमा गुट, उपगुट बनाइ विधान विपरित काम गरेको आरोप लगाइएको छ । पार्टीलाई कानूनसम्मत सञ्चालन गरी पार्टीलाई जनमत र बहुमतको आधारमा संचालनको लागि सम्पूर्ण प्रकृया पुरा गरी दल दर्ता हुँदा बखतको विवादरहित दलको बहुमत केन्द्रीय कार्यकारिणी समितिको सदस्यहरु आफ्नो पक्षमा रहेकाले विवाद उत्पन्न अघिको दलको हैसियतको मान्यता दिन दलको आधिकारिकताको लागि निवेदन दिइएको छ ।

एकजना अध्यक्षले कसैलाई कारवाही गर्न नसकिने तथा दल दर्ता किताबलाई अध्यावधिक पनि गर्न नसक्ने भन्दै निर्वाचन आयोगले गरेको निर्णयका कारण दैनिक कार्य तथा दलको आन्तरिक संगठन परिचालन समेतको काम कारवाहीमा अवरोध भइरहेको दाबी अध्यक्ष यादवले गरेका छन् । आयोगको सो निर्णय अनुसार विधानसम्मत दलको सञ्चालनमा समस्या आएकोले नेपालको संविधान भाग २९ को धारा २६९ (१) र (२), २७० (१) मर्म र तथा भावना बमोजिम समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरुले संविधानको धारा १७ को उपचार (२) को खण्ड (ग) अन्तर्गत बनेको कानुनको अधिनमा रही राजनीतिक दलका गठन गरी संचालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि प्रचार प्रचार गर्न गराउन वा सो प्रयोजनको लागि अन्य आवश्यक कार्य गर्न बनेको जसपा नेपालको अन्तरिम विधान २०७७ बमोजिम यो दल क्रियाशिल रहेको अध्यक्ष यादवले दावी गरेका छन् ।

आधिकारिकताका लागि पार्टीको अन्तरिक विधान र नियमावली, असार ३ गतेको बैठकले गरेको प्रतिलिपि पनि निवेदनका साथमा पेस गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप