झलनाथलाई भेट्न ईश्वर पोखरेल नर्भिक अस्पताल पुगे
बुधबार, ०२ असार २०७८, १२ : ३४
१

गम्भीर बिरामी भएर उपचारका लागि दिल्ली जान लागेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई एमाले महासचिव ईश्वर पोखरेलले भेट गरेका छन् । नेता खनाल थप उपचारका लागि दिल्ली जान लागेको खबर पाएपछि एमाले महासचिव पोखरेल बुधबार उनलाई भेट्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् । ।
आफूलाई भेट्न आएका महासचिव पोखरेललाई खनालले पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । ‘जेएन कामरेडले पार्टी एकताका लागि भूमिका खेल्न महासचिवलाई आग्रह गर्नुभयो,’ पाण्डेले भने, ‘महासचिवज्यूले तपाई चाँडै निको भएर आउनुहोला, त्यसपछि छलफल गरौंला भन्दै स्वास्थ्यलाभको कामना गर्नुभयो ।
अक्सिजनको सपोर्टमा उपचारत खनाल बोल्न सक्ने अवस्थामै रहे पनि स्वास्थ्य स्थिति जटिल देखिएको पाण्डेले बताए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एउटा स्वतन्त्र उम्मेदवारको साबिती बयान
-
काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति सुधार्न ६ वटा सबस्टेसन निर्माणाधीन, थप २० वटा निर्माण गरिने
-
धूर्त चतुर
-
सेमिफाइनलमा स्थान बनाउने दक्षिण अफ्रिकाको लक्ष्य, सान्त्वना जीतको खोजीमा इंग्ल्याण्ड
-
‘महाभोज’को सकियो छायाङ्कन
-
महायज्ञमा सहभागी हुन राष्ट्रपति पौडेल पोखरामा