नेता खनाललाई दिल्ली लगिँदै
बुधबार, ०२ असार २०७८, १० : २३
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका खनालको स्वास्थ्यमा सुधार नभएपछि बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि जेष्ठ ३१ गतेदेखि काठमाडौंस्थित नर्भिक अस्पतालमा खनाल भर्ना भएका थिए । अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।
नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो कम नहुने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । आज नर्भिकबाट नयाँ दिल्लीको एपोलो अस्पतालमा लिन लागिएको खनालको सचिवालयले जनाएको छ । यसअघि माघ ३० गते उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पताल गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रका समस्या हल गर्न सरकार प्रयत्नरत छ : मुख्यमन्त्री लामा
-
चौँरी याक प्रवर्द्धन गर्दै सिरिजङ्घा गाउँपालिका, उत्कृष्ट चौँरीपालकलाई पुरस्कृत गरिने
-
‘सातौँ कक्षाका झगडालु विद्यार्थीहरू जस्तै’
-
जनहत्या र राज्यआतङ्कको विरोधस्वरूप लेखिएका कथामा कलात्मक आयाम
-
स्ट्रबेरी खेतीबाट नाम र दाम कमाउँदै विष्ट
-
दक्षिण कोरियाका लागि नेपाली राजदूत तुम्बाहाङ्फे सबैको साझा बन्न नसकेको आरोप (विज्ञप्तिसहित)