मिथिलाञ्चलमा मनाइयो दिपावली
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइने प्रचलन छ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।
जनकपुरमा पनि धुमधामका साथ लक्ष्मी पूजा तथा दीपावली गरिएको छ । लक्ष्मी पूजाको अवसरमा त्यहाँ रहेको जानकी मन्दिरलाई निकै आकर्षक रुपमा सजाउने गरिन्छ । लक्ष्मी पूजाका अवसरमा शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ ।
कहिले हुन्छ सफा ?
-जनकपुरधामवासीका लागि सबैभन्दा अनमोल सम्पदा मानिएको जानकी मन्दिर डम्पिङ साइटको रुपमा परिणत भएको छ ।
-कार्तिक महिनामा यमपन्चक पूजा सुरु हुनु लगत्तै लक्ष्मीपुजाको दिनसम्म हाट लगाइँदै आएको जानकी मन्दिरमा पूजाको साँझ फोहरै फोहोर भरिभराउ देखिन्थ्यो ।
-नगर लक्ष्मी पूजाको दिन झकिझकाउ रहेको अवस्थामा हिन्दुको आस्थाको केन्द्र नै यस्तो अवस्थामा परिणत हुँदा बाहिरबाट आउने पर्यटकहरु तीन छक (आश्चयमा) परेका छन् ।
यो पनि हेर्नुहोस्:
जनकपुरमा दिपावलीको भव्य तयारी (तस्बिरसहित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार
-
विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारण गरेर हो ?
-
पोखरा विमानस्थल निर्माणमा संलग्न सबैमाथि अनुसन्धान गर्न लेखा उपसमितिको सुझाव
-
कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृत सहभागी
-
थुनामा रहेका भुटानी शरणार्थीलाई देश निकाला नगरी वैशाख ११ गते इजलासमा पेस गर्नू : सर्वोच्च अदालत
-
दुई वर्षका लागि सम्झौता नविकरण गरे लिभरपुलका कप्तानले