जनकपुरमा दिपावलीको भव्य तयारी (तस्बिरसहित)
बिहीबार, ०२ कात्तिक २०७४, १८ : ३१
जनकपुरधाम—नेपालीहरुको पर्व दिपावली मनाउन जनकपुरमा भव्य तयारी गरिएको छ ।
धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी दिपावली मनाउन भव्य तयारी गरिएको हो ।
दिपावलीलाई मध्यनजर गरी जनकपुुरलाई बेहुली झै सजाईएको छ ।
जनकपुरको जानकी मन्दिर आसपसको बजरमा प्रसाद खरिद गर्न भीड लागेको छ । केराको बोट, हरियो पात र फुलमालाले सुनरपट्टी लगायतका क्षेत्र झकिझकाउ पारिएको छ ।
मिष्ठान भण्डारहरुमा लड्डु खरिद गर्नेको भीड छ । जानकी मन्दिर आसपासको सडक किनमेल गर्नेहरुका कारण जाम बढेको छ ।
जनकपुरमा सडकको दुई छेउमा पसल अगाडी लक्ष्मी पूजाका लागि पलण्डाल लगाएर सजाइएको छ ।
दिपावली सामान्य व्यक्ति भन्दा पनि उद्योगी व्यवसायीहरुले बिशेष तमझामका साथ मनाईरहेको देखिएको छ ।