एमाले कर्णाली संसदीय दलकाे बैठकमा प्रकाश ज्वाला सहभागी
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका चार सांसदमध्ये सांसद प्रकाश ज्वाला भने अन्तिम समयमा आएर बैठकमा सहभागी भएका छन् । यसअघि उनीसहित पुनर्बहाली भएका चार सांसदले बैठकमा सहभागी हुन अस्वीकार गरेपनि अन्तिम समयमा आएर ज्वाला सहभागी भएका हुन् ।
सरकारकाे नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि बैठक बसेकाे हाे ।
प्रदेश सभामा एमाले एक्लैको २० सिट पुगेपछि आपसी सल्लाह गर्न बैठक बोलाइएको प्रमुख सचेतक गुलाबजंग शाहले बताए ।
यस अघि सरकारको नीति तथा कार्यक्रम प्रदेशसभा पारित भएपछि संसदीय दलको बैठकमा उपस्थित हुने बताइए पनि सर्वोच्चको आदेश अनुसार पुनर्बहाली भएकामध्ये सांसद प्रकाश ज्वाला पनि सहभागी भएका हुन् । बैठकमा ज्वालाको उपस्थितिले एमाले कर्णालीका कार्यकर्ता पार्टी एक हुनेमा आशावादी बनेका छन् ।
बैठकले सरकारको नीति तथा कार्यक्रम बारेको धारणासँगै बजेटबारे आवश्यक सल्लाह गर्ने प्रमुख सचेतक शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
