एमाले कर्णाली संसदीय दलकाे बैठकमा प्रकाश ज्वाला सहभागी
![एमाले कर्णाली संसदीय दलकाे बैठकमा प्रकाश ज्वाला सहभागी](https://rpcdn.ratopati.com/media/albums/uml_karnali_yJqvhsMYVY.jpg)
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका चार सांसदमध्ये सांसद प्रकाश ज्वाला भने अन्तिम समयमा आएर बैठकमा सहभागी भएका छन् । यसअघि उनीसहित पुनर्बहाली भएका चार सांसदले बैठकमा सहभागी हुन अस्वीकार गरेपनि अन्तिम समयमा आएर ज्वाला सहभागी भएका हुन् ।
सरकारकाे नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि बैठक बसेकाे हाे ।
प्रदेश सभामा एमाले एक्लैको २० सिट पुगेपछि आपसी सल्लाह गर्न बैठक बोलाइएको प्रमुख सचेतक गुलाबजंग शाहले बताए ।
यस अघि सरकारको नीति तथा कार्यक्रम प्रदेशसभा पारित भएपछि संसदीय दलको बैठकमा उपस्थित हुने बताइए पनि सर्वोच्चको आदेश अनुसार पुनर्बहाली भएकामध्ये सांसद प्रकाश ज्वाला पनि सहभागी भएका हुन् । बैठकमा ज्वालाको उपस्थितिले एमाले कर्णालीका कार्यकर्ता पार्टी एक हुनेमा आशावादी बनेका छन् ।
बैठकले सरकारको नीति तथा कार्यक्रम बारेको धारणासँगै बजेटबारे आवश्यक सल्लाह गर्ने प्रमुख सचेतक शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरिम प्रतिवेदन पेश
-
सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए
-
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
-
फ्लोरिडामा जेट ब्लुको विमानको ल्यान्डिङ गियरमा भेटियो २ शव
-
दुर्घटनामा ३ जनाको मृत्यु
-
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा