शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुनर्बहाली भएका चार सांसदद्वारा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा सहभागी हुन अस्वीकार

मङ्गलबार, ०१ असार २०७८, १० : ५९
मङ्गलबार, ०१ असार २०७८

 नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनर्बहाली भएका चार सांसद अनुपस्थित हुने भएका छन् । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा अनुपस्थित हुने भएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि आज बिहान ८ बजेका लागि बैठकमा उपस्थित हुन पत्राचार गरिएको थियो ।

बैठकका लागि आमन्त्रण पत्रको अस्वीकार गर्दै उनीहरु बैठकमा उपस्थित नहुने भएका हुन्।

प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भैसकेपश्चात मात्रै हामी बैठकमा सहभागी हुने सल्लाह गरेका छौं ,’ एक सांसदले भने, ‘अहिले नै बैठकमा जाने भन्ने छैन । हामी आपसी छलफलमै छौं ।’
पार्टीको ह्वीप विपरित फ्लोर क्रसगरि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाएका चार जना सांसदलाई एमाले संसदीय दलले सांसद पद नरहने गरि कारबाही गरेको थियो । तर, सर्वोच्च अदालतले उनीहरुलाई पुनर्बहाली गरिदिएपछि संसदीय दलको आजको वैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेपनि चारै जना सांसद बैठकमा अनुपस्थित हुने  भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिए ।

३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्‍याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने दाउमा एमाले भएपनि चार सांसदको अनुपस्थित पछि त्यो जोखिम टरेको छ ।

बिहान ८ बजे बाेलाइएकाे बैठक चार सांसद अनुपस्तिथ हुने भएपछि  बस्न सकेकाे छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप