शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बहुमत नजुटेपछि नयाँ पार्टी दर्ता गराउने तयारीमा महन्थ ठाकुर

आइतबार, ३० जेठ २०७८, १६ : ४७
आइतबार, ३० जेठ २०७८

केन्द्रीय समितिमा बहुमत जुटाएर निर्वाचन आयोगमा दाबी गर्न नसकेपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ पार्टी दर्ता गराउने मनस्थितिमा पुगेको छ । निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहितको नामावली बुझाउन दिएको समयसीमा समाप्त भइसकेको छ । बहुमत सदस्यको नामावली पुर्याउन नसकेपछि नयाँ पार्टी बनाउने सोचमा पुगेको जसपाका एकजना कार्यकारिणी सदस्यले बताए ।

निर्वाचन आयोगमा नामावली बुझाउनका लागि हस्ताक्षर गर्न आइतबार बबरमहलमा बैठक बोलाइएको थियो । तर, बहुमत सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ ।

कार्यकारिणी समितिका ५१ जनामध्ये १९ जना मात्रै महन्थ ठाकुरको पक्षमा उभिएका छन् । बहुमतका लागि २६ जना केन्द्रीय सदस्य संख्या नपुगेपछि अब नयाँ पार्टी बनाउने तयारीका साथ अगाडि बढेको ती नेताले बताए ।

अहिले बबरमहलस्थित पार्टी कार्यालयमा त्यही विषयमा आन्तरिक छलफल चलिरहेको छ । जति जना सदस्यको हस्ताक्षर छ, त्यति जनाको नाम आयोगमा बुझाइदिने या नयाँ पार्टी दर्ताका लागि निवेदन दिने भन्ने विषयमा अहिले छलफल भइरहेको छ  । यसका लागि कागजात तयारी गर्ने काम भइरहेको एक नेताले जानकारी दिए ।

नयाँ पार्टीका लागि विधान र अन्य दस्तावेज बनाउने जिम्मेवारी डा.सुरेन्द्रकुमार झा र केशव झालाई दिइएकोमा दुबैले नयाँ पार्टीको विधानको मस्यौदा तयार गरेर दिइसकेका छन् । केशव झाले दुई अध्यक्षसहित विधान बनाएका छन् भने डा.सुरेन्द्र झाले एक अध्यक्षसहितको विधान बनाइएको स्रोतले बतायो ।

नयाँ पार्टीमा राजेन्द्र महतो र महन्थ ठाकुरसहित दुईजना अध्यक्ष रहने कि एकजना मात्रै अध्यक्ष रहने भन्ने टुंगो लाग्न बाँकी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप