प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अगाडि नबढाएपछि विपक्षी गठबन्धन छलफलमा

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया गाडि नबढाएपछि विपक्षी गठबन्धन छलफलका जुटेको छ । काँग्रेस सांसद विन्दु थापाका अनुसार सरकार गठनका लागि दिइएको समय ३ बजे सकिए पनि नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदहरु सामुहिक छलफलमा छन् ।
जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् ।
विपक्षी गठबन्धनका तर्फतबाट काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षर सशरीर शुक्रबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।
गठबन्धनले हिजो नै मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेपनि प्रदेश प्रमुख पौडेलले तोकिएको समय सीमासम्म अध्ययन गर्ने बताएकी थिइन् । तर ३ बजेसम्म कुनै जानकारी नआएको सांसद थापाले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो