प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अगाडि नबढाएपछि विपक्षी गठबन्धन छलफलमा
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया गाडि नबढाएपछि विपक्षी गठबन्धन छलफलका जुटेको छ । काँग्रेस सांसद विन्दु थापाका अनुसार सरकार गठनका लागि दिइएको समय ३ बजे सकिए पनि नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदहरु सामुहिक छलफलमा छन् ।
जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् ।
विपक्षी गठबन्धनका तर्फतबाट काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षर सशरीर शुक्रबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।
गठबन्धनले हिजो नै मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेपनि प्रदेश प्रमुख पौडेलले तोकिएको समय सीमासम्म अध्ययन गर्ने बताएकी थिइन् । तर ३ बजेसम्म कुनै जानकारी नआएको सांसद थापाले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण