ओलीलाई सर्वोच्चबाट एकै दिन तीन झट्का

काठमाडौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई एकै दिन चार झट्का लागेको छ । यसमध्ये तीन झट्का सर्वोच्च अदालतले नै दिएको छ भने एक झड्का राजनीतिक रुपमा उनका विश्वासपात्र गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको मुख्यमन्त्री पद गुमेको छ ।
यस्ता छन् सर्वोच्चका तीन झट्का
सर्वोच्च अदालतले एकै दिन बिहीबार ओलीसँग जोडिएका तीन वटा आदेश दियो जुन उनीसँग प्रत्यक्ष जोडिन्छन् । त्यसमध्ये पहिलो झट्का हो ओलीले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश कार्यन्वयन नगर्न सर्वोच्चले दिएको आदेश । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ नौ गते जारी गरेकी थिइन् । उक्त अध्यादेश तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले बिहीबार आदेश दिएको हो ।
त्यसैगरी ओलीलाई सर्वोच्चले दोस्रो र तेस्रो झट्का पनि बिहीबारकै सर्वोच्चको आदेशले दिएको छ ।
गत जेठ १० गते बसेको एमाले बैठकले कर्णालीका चार प्रदेश सांसदको कारवाही गर्ने निर्णय अस्वीकार गर्दै र कारवाही गरेका सदस्यहरुलाई पुनर्बहाली गर्न सर्वोच्चले आदेश दियो ।
दशौं महाधिवेशन आयोजक कमिटीको तर्फबाट गरेका काम कारवाहीहरु मान्य नुहने सर्वोच्चको फैसलाले ओलीलाई अर्को झट्का थपिदियो । यसबाट ओलीले अन्य नेताहरुलाई गर्ने कारबाहीले समेत मान्यता नपाउने भएको छ ।
अर्कोतर्फ राजनीतिक रुपमा पनि बिहीबारै ओलीमाथि अर्को झट्का लाग्न पुग्यो । जुन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नपाउँदा पदमुक्त हुन पुगे ।
यसरी एकपछि अर्को झट्का खेप्न पुगेका ओलीले आगामी दिनमा कस्ता कदम चाल्ने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोको सहज जित
-
नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?
-
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार