प्रदेश २ मा काँग्रेसलाई ३ र माओवादीलाई २ मन्त्रालय, आजै शपथ
प्रदेश नम्बर २ को सरकारले मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच भएको सहमति अनुसार आजै साझ शपथग्रहण हुने भएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले आजै काँग्रेससँगै माओवादी केन्द्रलाई पनि सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्न लागेका हु्न् ।
काँग्रेसलाई ३ वटा मन्त्रालय र माओवादीलाई पनि २ वटा मन्त्रालय दिने सहमति भएको छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाए अनुसार रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बन्नेछ।
उनकाअनुसार संसदीय दलका नेता राम सरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई संचार मन्त्रालयको जिम्मा दिइने सहमति भएको छ ।
यता माओवादी केन्द्रको तर्फबाट भरत साह र जगत यादव मन्त्री बन्ने माओवादी स्रोतले जनाएको छ । यद्यपि उनीहरुलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे टुंगो लागेको छैन ।
माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले मन्त्रालय बारे टुङ्गो लाग्न बाँकी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
-
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
-
इतिहासमै पहिलो पटक ६४ देशले विश्वकप खेल्ने सम्भावना, फिफाले थाल्यो अध्ययन
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त आदिकविको जन्मथलो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
