आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारमा सहभागी हुन जसपा र काँग्रेसबीच २ बुँदे  सहमति (सहमतिपत्रसहित)

बुधबार, २६ जेठ २०७८, १८ : १३
बुधबार, २६ जेठ २०७८

 जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेश २ का सरकारमा सहभागी हुन काँग्रेस औपचारिक रुपमा सहमत भएको छ । जसपा र काँग्रेसबीच बुधबार २ बुँदे सहमति भएको हो । 

जसपाको तर्फबाट मुख्यमन्त्री तथा संसदीय दलका नेता लालबाबु राउत र काँग्रेसको तर्फबाट संसदीय दलका नेता राम सरोज यादवले हस्ताक्षर गरेको सहमतिपत्रमा लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बर्द्धन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुने उल्लेख छ । सरकारमा काँग्रेसको तर्फबाट राम सरोज यादवको नै नेतृत्व सहभागिता हुने सहमतिपत्रमा उल्लेख छ । 

यस्तै प्रादेशिक आवश्यकता र विज्ञहरुको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक बनाइ मन्त्रिपरिषद् थपघट गर्नै सकिने पनि सहमतिपत्रमा उल्लेख छ । 

यस्तै जसपा नेतृत्वको सरकारमा  माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । आन्तरिक सहमतिअनुसार काँग्रेसले तीनवटा र माओवादी केन्द्रले दुईवटा मन्त्रालय पाउने बताइएको छ । 
काँग्रेस र माओवादी केन्द्रले मन्त्रीको नाम दिए भने आजै साँझ सपथग्रहण हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप