आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जसपा र काँग्रेसबीच सत्ता सहकार्यमा सहमति, भोलि शपथग्रहण

मङ्गलबार, २५ जेठ २०७८, २० : ३३
मङ्गलबार, २५ जेठ २०७८

जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) र नेपाली काँग्रेसबीच सत्ता सहकार्यका लागि सहमति भएको छ । 

सहमतिसँगै अब प्रदेश २ मा जसपा (यादव पक्ष) नेतृत्वको सरकारमा काँग्रेस र माओवादी केन्द्र सहभागी हुने निश्चित भएको छ । आज भएको सहमति अनुसार काँग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछन् । 

प्रदेश २ सरकारमा १० वटा मन्त्रालय रहनेछन् । त्यसमध्ये पाँचवटा मन्त्रालय जसपाले राख्ने र बाँकी पाँच वटामा तीनवटा काँग्रेस र दुईवटा माओवादी केन्द्रले लिने सहमति भएको जसपा नेपाल  प्रदेश २ का एक प्रदेशसभा सदस्यले जानकारी गराए । 

जसपा उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई सरकारबाट निलम्बन गरेपछि काँग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्य गरेको हो ।  

यो सहमतिका लागि दुवै पक्षबाट छ सदस्यीय कार्यदल गठन भएको थियो । विहान एकपटक कार्यदलको पुनः बैठक बस्नेछ भने सहमतिलाई अन्तिम रुप दिइ सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

 त्यसपछि साँझमा नवनियुक्त मन्त्रीको शपथ हुने बताइएको छ ।  स्रोतका अनुसार काँग्रेसबाट रामसरोज यादवको नेतृत्वमा र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने बताइएको छ ।
यसअघि मन्त्रालयलगायतका विषयमा काँग्रेससँग विभिन्न चरण छलछल भएपनि ठोस सहमति हुन सकेको थिएन । 

 

 


जसपाभित्र विवाद बढेपछि प्रदेश सरकारलाई सुरक्षित राखिराख्न यादवले काँग्रेस र माओवादीसँग सहकार्यको हात बढाएको हो।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप