बैङ्कका कर्मचारीको आनाकानीपछि सामाजिक सुरक्षा कोषको स्पष्टीकरण, खाइपाई आएको सुविधा घट्दैन

बैङ्क तथा वित्तीय संस्था कर्मचारीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा आफुले खाइपाई आएको सुविधा घट्ने भन्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन आनाकानी गरेपछि यसबारे सामाजिक सुरक्षा कोषले स्पष्टीकरण दिएको छ । सामाजिक सुरक्षाबारे भ्रम रहेको भन्दै कोषले विज्ञप्ति नै निकालेर कोषमा आबद्ध हुने कुनै पनि श्रमिकले खाइपाई आएको सेवा सुविधा नघट्ने जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘श्रम ऐनको दफा ५२ मा व्यवस्था गरिएको आधारभूत पारिश्रमिकको २० प्रतिशत (सञ्चय कोषबापतको रकम), दफा ५३ मा व्यवस्था भएको न्यूनतम १ वर्ष काम गरे बापत १ महिनाको उपदान, दफा ५४ बमोजिम श्रमिकको १ लाख रुपैयाँ बराबरको औषधोपचार, दफा ५५ बमोजिम दुर्घटना बीमाका लागि बीमाशुल्क बापतको रकम मात्रै सामाजिक सुरक्षामा कोषमा आउने र श्रम ऐनमा श्रमिकले पाइरहेको सुविधा घटाउन नपाइने स्पष्ट व्यवस्था छ ।’
श्रम नियमावली २०७५ मा उल्लेख गरिएको अनुसार श्रमिक, कर्मचारीको सेवा सुविधाको सुरक्षाको लागि कानुनी प्रत्याभूति गरिसकेको सन्दर्भमा कोषमा आबद्ध हुँदा खाइपाई आएको सुविधा नघट्ने कोषले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी ‘मोडल’मा परिवार योजना शिविरः अझै परिवार नियोजनका साधनमा पहुँच पुर्याउन चुनौती
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन
-
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश