बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’को बैठक

बिहीबार, २० जेठ २०७८, २० : ५१
बिहीबार, २० जेठ २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । बैठक शुक्रबार बस्दैछ । बैठकका दुईवटा एजेन्डा छन् । पहिलो, कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपनि सङ्कुचन गरिएको सर्वोच्च अदालतको सेवाको सम्बन्धमा र दोस्रो, विविध एजेन्डा राखिएको सर्वोच्चका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।  

पूर्ण बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनबारे पनि छलफल हुने बताइएको छ । मंगलबार सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका प्रतिनिधिसँग प्रधान न्यायाधीशले एक साताभित्र संवैधानिक इजलास गठनबारे नियमावली संशोधन गर्ने सहमति गरेका थिए । शाक्यका अनुसार प्रधानन्यायाधीशले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्ने वचन दिएका छन् ।

न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे प्रश्न उठेपछि दुईजना वरिष्ठ न्यायाधीशले इजलास छाडेका थिए । सो घटनापछि प्रतिनिधिसभा विघटनबारेको मुद्दाको सुनुवाइ जेठ २३ सम्म स्थगित गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप