रामचन्द्र पौडेलले बोलाए संस्थापन इतर पक्षीय केन्द्रीय सदस्यको बैठक
नेपाली काँग्रेसको संस्थापन इतर पक्षका केन्द्रीय सदस्यको बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आज दिउँसो २ बजे इतरपक्षीय केन्द्रीय सदस्यबीच भर्चुअल मिटिङ हुन लागेको हो ।
केन्द्रीय सदस्य जीवन परियारका अनुसार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता कृष्णप्रसाद सिटौला र आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल गर्न लागेका हुन् ।
कोरोना महामारी र क्रियाशील सदस्यताको काममा देखिएको ढिलासुस्तीले आगामी भदौ ७ १० का लागि निर्धारित महाधिवेशन प्रभावित हुने परिस्थिति बन्दै गएपछि पौडेलले संस्थापन इतर पक्षसँग छलफल गर्न लागेका हुन् ।
१३ जेठमा नेपाल प्रेस युनियनको स्थापना दिवसमा पौडेलले विषम परिस्थितिमा महाधिवेशनका लागि दुई विकल्प अगाडि सारेका थिए
।
अहिले जति क्रियाशील सदस्य छन् तिनैबाट महाधिवेशन गर्ने सकिने पौडेलको पहिलो विकल्प छ । यस्तै १३ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिबाटै पनि नयाँ नेतृत्व चयन गर्न सकिने उले दोस्रो विकल्प पनि अगाडि सारेका छन् ।
यस विषयमा सुरुमा आफू पक्षीय नेताहरुसँग छलफल गरेर आगामी जेष्ठ २४ गते बस्ने पदाधिकारी बैठकमा औपचारिक रुपमा प्रस्ताव लिने पौडेलको तयारी रहेको बुझिएको छ ।
काँग्रेसको १४ औं महाधिवेशन बाध्यात्मक अवस्थामा पनि हुन नसक्ने परिस्थिति बनेपछि विकल्पको खोजी भइरहेको छ ।
किन भने पार्टीलाई संवैधानिक संकटबाट जोगाउन ०७८ भदौ ७–१० का लागि तय भएको १४ औं महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने काँग्रेसको बाध्यता छ ।
संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधानमा टेकेर काँग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको छ ।
यो वाध्यतामाथि क्रियाशील सदस्यता वितरण र नवीकरणमा देखिएको समस्या चुनौतीका रुपमा खडा भएको छ । त्यसमाथि अहिले कोरोनाको महामारीको अर्को चुनौती थपिएको छ ।
असारको तोस्रो साताबाट अधिवेशनको चरण सुरु हुनुपर्नेमा जेष्ठ दोस्रो साता बित्न लाग्दा पनि क्रियाशील सदस्यताको कामले पूर्णता पाएको छैन । यस्तो अवस्थामा अब कसरी महाधिवेशन सम्पन्न गर्ने भन्नेबारे काँग्रेसमा आन्तरिक छलफल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
