सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

आपत्तिजनक अवस्थामा भेटिएका असई र प्रहरी जवान निलम्बित

आइतबार, १६ जेठ २०७८, १६ : २४
आइतबार, १६ जेठ २०७८

गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग अनैतिक सम्बन्ध राखेको आरोप लागेका दुई प्रहरी निलम्बित भएका छन् ।  स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई  बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

 उनीहरुले प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले निलम्बन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले  जानकारी दिए  । ‘त्यस घटनामा प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धान नसकिँदा सम्म उनीहरु दुई जना  निलम्बित भई घर गएका छन । अनुसन्धानको म्याद ६ महिना सम्म पनि हुन सक्छ वा त्यो भन्दा बढि पनि हुन सक्छ । त्यतिञ्जेल सम्म उनीहरुले आधा तलव पाउने गरि र रासन नपाउने गरि निलम्बित  गरिएको छ , डिएसपी पाण्डेले भने ।
जेठ ७ गते राति  आपत्तिजनक अवस्थामा फेला परेको भन्दै स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । 

​स्थानीयले सो क्रममा दुबै जनामाथि निर्घात कुटपिट समेत गरेका थिए । कुटपिट गर्ने मध्येका  प्रकाश नेपालीसहित ३ जनलाई पनि नियन्त्रणमा लिई अभद्र ब्यबहारको मुद्धा चलाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप