शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्रसँग महन्थले मागे स्पष्टीकरण

सोमबार, १० जेठ २०७८, ०० : ०४
सोमबार, १० जेठ २०७८

जनता समाजवादी पार्टी (महन्थ ठाकुर पक्ष) को कार्यकारिणी समितिको बैठकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टीमा कुनै छलफल नै नगरिकन माओवादी केन्द्र र काँग्रेस गठबन्धनमा सामेल भएको तथा पार्टीको हितविपरित गतिविधि गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले रातोपाटीलाई बताए ।

यसअघि हिजो बसेको उपेन्द्र यादवपक्षको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । कार्यकारिणी समितिको बैठक अझै जारी छ ।

​अध्यक्ष ठाकुरले जेठ ७ गते नै विज्ञप्ति जारी गरी ८ र ९ गते बस्ने भनिएको बैठक स्थगित भएको जानकारी गराएका थिए । तर हिजो उपेन्द्र यादव पक्षको बैठक बसि नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि आज ठाकुरले पनि बैठक बसाएका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप