उपेन्द्रसँग महन्थले मागे स्पष्टीकरण
जनता समाजवादी पार्टी (महन्थ ठाकुर पक्ष) को कार्यकारिणी समितिको बैठकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टीमा कुनै छलफल नै नगरिकन माओवादी केन्द्र र काँग्रेस गठबन्धनमा सामेल भएको तथा पार्टीको हितविपरित गतिविधि गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले रातोपाटीलाई बताए ।
यसअघि हिजो बसेको उपेन्द्र यादवपक्षको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । कार्यकारिणी समितिको बैठक अझै जारी छ ।
अध्यक्ष ठाकुरले जेठ ७ गते नै विज्ञप्ति जारी गरी ८ र ९ गते बस्ने भनिएको बैठक स्थगित भएको जानकारी गराएका थिए । तर हिजो उपेन्द्र यादव पक्षको बैठक बसि नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि आज ठाकुरले पनि बैठक बसाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

