जसपाको निर्णय अमान्य भएको भन्दै ठाकुर पक्षद्वारा निर्वाचन आयोगलाई जानकारी
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठकबाट गराएका निर्णयहरु अमान्य हुने बताएका छन् । अध्यक्ष ठाकुरले आज आफ्ना पक्षका कार्यकारिणी समितिका सदस्यहरुसँग पार्टी कार्यालयमा छलफल गरेपछि सो कुरा बताएका हुन् ।
उनले बैठकपछि एक विज्ञप्ति जारी गर्दै जेठ ७ गते विज्ञप्ति जारी गरी स्थगित गरिएको कार्यकारिणी समितिको बैठक गोप्य स्थानमा गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते पार्टीको केन्द्रीय कार्यालयमा बालकुमारीमा बस्ने तय भएको तर कोरोनाको प्रभाव एवं बन्दाबन्दीको असहजताको कारण जेठ ७ गते सो बैठक स्थगित गरिएका सूचना सार्वजनिक गरिनुको साथै सम्पूर्ण कार्यकारिणी समिति सदस्यहरुलाई समेत जानकारी गराइ सकिएको अवस्थामा गोप्य स्थानमा बैठक बसाएको दाबी अध्यक्ष ठाकुरले गरेका छन् ।
कार्यकारिणी समितिको भनिएको बैठक र बैठकबाट गरिने सबै निर्णयहरु अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई उनलाई जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण