काँग्रेस प्रचण्ड पथ मानेर सत्ता कब्जाको बाटोमा लाग्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्ड पथ मानेर सत्ता कब्जाको बाटोमा अघि बढेको आरोप लगाएका छन् ।
आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई लोकतान्त्रिक दल भनिएको कांग्रेसले गएको १ बर्षदेखि माओवादीसँग मिलेर सत्ता कब्जाको बाटोमा अग्रसर भएको आरोप लगाएका हुन् ।
उनले आफूलाई नेपाली कांग्रेस आवेश उत्तेजनामा आएको देखेर ताजुब लागेको उल्लेख गरे ।
कांग्रेस संसदीय दलकी नेता पुष्पा भुसालले उनको नेतृत्वको सरकारले गरेको चुनावमा कांग्रेस नजाने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले कांग्रेसको लोकतन्त्र त्यही हो भन्दै प्रश्न गरे ।
कांग्रेस किर्ते कागजात लिएर अरु पार्टी फुटाएर अरु आफू प्रधानमन्त्री बन्न राष्ट्रपतिकोमा गएको दावी गरे । उनले दलभित्र विग्रह सिर्जना गर्नु लोकतन्त्र हो भन्दै प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले माओवादीले हिंसात्मक रुपमा सत्ता कब्जा गरेर लोकतन्त्र समाप्त गर्न खोजेको र नसकेपछि अहिले बाटो बदलेर लोकतन्त्रको कुरा गर्न थालेको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट