आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

माधव नेपाल पक्षलाई ओलीको प्रश्न– पवित्र गौदान गर्न कुदेको हो ?

आइतबार, ०९ जेठ २०७८, १४ : ५३
आइतबार, ०९ जेठ २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई दलीय अनुशासन तोडेको आरोप लगाएका छन् ।
आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दलीय अनुशासन तोडेर अर्को दलका नेतालाई प्रधानमन्त्री बनाउनका निम्ति समर्थन गरेको आरोप माधव नेपाल पक्षमाथि लगाएका हुन् ।
उनले प्रश्न गरे, ‘बिकेर आफ्नो दलको प्रधानमन्त्री हटाउने र विपक्षी दलको प्रधानमन्त्री बनाउन भनेर कुदेको छ, के पवित्र गौदान गर्न कुदेको हो ?’
उनले विघटिन प्रतिनिधिसभाको गणित उपयुक्त हुन नसकेको पनि बताए । ‘मैले पहिला पनि भनेको थिएँ, देशको आवश्यकता र संसदको मौजुदा गणितका बीचमा ठुलो ग्याप भयो । त्यो अहिले पुष्टि भयो,’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप