देउवाले राष्ट्रपतिलाई ‘तपाईं’ नभनेको भन्दै ओलीको आक्रोश
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले राष्ट्रपतिलाई तपाईँ भनेर सम्बोधन नगरेको भन्दै आक्रोश पोखेका छन् । आज काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उनले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गरे ।
बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बन्धमा देउवाको विज्ञप्तिमा प्रयोग गरिएको भाषामा ‘तिमी, गरिन्’ भन्ने रहेको भन्दै असन्तुष्टि पोखेका हुन् । ‘तपाईँ पनि भन्नु हुँदैन राष्ट्रपतिलाई भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्ने तिनै आफूलाई महान ठान्छन् । नेपाली काँग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्ने अचम्म लाग्यो’ ओलीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

