कोरोनाः अब गंगा किनाराको बालुवामा गाडिँदैछन् शव, हंगामा मच्चियो

बिहार र यूपीमा गंगा नदीमा बगिरहेको शवपछि अब गंगा किनाराको बालुवामा ठूलो संख्यामा गाडिएको शव भेटिएको छ ।
कानपुर, उन्नाव र फतेहपुरमा सयौं संख्यामा यस्ता शव भेटिएपछि हंगामा मच्चिएको छ । प्रशासनले केही मानिसहरुले आफ्नो परम्परा अनुसार शव गाडेको बताएको छ भने स्थानीय मानिसहरुले मसान घाटमा भीड र महँगो अन्तिम संस्कारका कारण शवलाई बालुवामा गाडेर फर्किरहेको बताएका छन् ।
बुधबार उन्नावस्थित गंगा नदीको किनाराको केही घाटमा ठूलो संख्यामा काग र चील घुमिरहेको देखिएपछि मानिसहरुलाई शंका भयो । केही मानिसहरुले नजिकै गएर हेर्दा भयानक तस्बिर देखे ।
गंगा नदीको किनारामा थुप्रै शव बालुवा भित्रै गाडिएको देखिएका थिए । केही शव बालुवाबाट बाहिर निस्किएका थिए जसलाई कुकुरले लुछेर खाइरहेका थिए । केही शव निकै क्षत–विक्षत अवस्थामा भेटिए किनभने बालुवाभित्र ती शव खासै मुनी गाडिएका थिएनन् ।
उन्नावको शुक्लागंजमा गंगा किनारामा थुप्रै घाट छन् जहाँ बालुवामा बनेको समाधिस्थल बुधबार देखिएको थियो ।
तस्बिर भाइरल भएपछि थाहा भयो कि पछिल्लो केही दिनदेखि गाउँमा मृत्यु भएका मानिसहरुलाई उनको परिवारले त्यहाँ गएर बालुवामा गाड्ने गरेका थिए ।
शुक्लागंजमा बस्ने दिनकर साहूले यस्तो थुप्रै दिनदेखि भइरहेको तर मानिसहरुलाई यसबारे थाहा नभएको बताएका छन् ।
दिनकर साहू यसको कारण बताउँदै भन्छन्, ‘मसान घाटमा भीड र दाउरो महँगो भएक कारण गरिबले शव गाड्न सुरु गरेका छन् । यद्यपि, साधारणतया यस्तो हुँदैन । तर जसले यस्तो गरे उनीहरुले बाध्यतामा नै यस्तो गरेका होलान् ।’
यद्यपि, उन्नावका जिल्लाअधिकारी रबिन्द्र कुमारले वरिपरिका गाउँमा शवलाई गाड्ने नै परम्परा भएता पनि आफूहरुले यसबारे अनुसन्धान गरिरहेको बताए ।
जिल्लाधिकारी रबिन्द्र कुमार भन्छन्, ‘नदीबाट टाढा बालुवामा दबिएको शवबारे हामीलाई थाहा भएको छ । अन्य इलाकामा पनि शव खोजिँदैछ । केही मानिसहरु परम्परा अनुसार शव जलाउँदैनन् गाड्छन् । तर यति ठूलो संख्यामा शव देखिनु गम्भीर कुरा हो । अनुसन्धानको आदेश दिइएको छ । जे पनि जानकारी पाइनेछ त्यसको हिसाबले कारवाही गरिनेछ । यद्यपि, जसले परम्परा अनुसार यस्तो गरे उनीहरुलाई गहिरो गरेर खनेपछि मात्र गाड्न भनिनेछ । शवलाई सम्मान स्वरुप अन्तिम संस्कार गरियोस् । जसले विवशतामा यस्तो गरिरहेका छन्, उनीहरुका लागि हामी दाउरा इत्यादि आवश्यक सामग्रीको कमी नहोस् भन्ने कुरामा सुनिश्चित गरिरहेका छौं ।’
उन्नावको बक्सर घाटमा पनि ठूलो संख्यामा बालुवामा गाडिएको शव भेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम