भारतको गंगा नदीको किनारामा ४० भन्दा बढी शव भेटिनुको रहस्य के हो ?

बिहारको बक्सर जिल्लाको चौसा प्रखण्डको चौसा मसानघाटमा गंगामा कम्तीमा ४० शव तैरिरहेको भेटिएको छ ।
स्थानीय प्रशासनले बीबीसीसँगको कुराकानीमा यसको पुष्टि गरेको छ । तर स्थानीय पत्रकारले मसानघाटमा आफूहरुले योभन्दा बढी शव देखेको बताए ।
स्थानीय स्तरमा जुन तस्बिर सार्वजनिक भएको छ त्यो मन विचलित गरिदिने किसिमको छ । शवलाई जनावरहरुले लुछिरहेको देखिएका थिए ।
चौसाको प्रखण्ड विकास पदाधिकारी अशोक कुमारले बीबीसीसँगको कुराकानीमा यसबारे पुष्टि गर्दै भने, ‘३० देखि ४० शव गंगामा भेटिएको छ । यो शव उत्तर प्रदेशबाट बगेर आएको हुनसक्ने सम्भावना छ । मैले घाटमा भइरहने मानिसहरुसँग कुरा गरेको छु जसले ती शव यहाँको नभएको बताएका छन् । ’
यसैबीच बक्सर जिल्लाधिकारी अमन समिरले पत्रकार सम्मेलन गरेर भने, ‘हामीहरु जिल्लाधिकारी गाजीपुर र बलियासँग समन्वय स्थापित गरिरहेका छौं ताकि उनीहरुको इलाकाको शवको दाहसंस्कार त्यहाँ नै गरियोस् । तरपनि यदि कुनै शव बक्सको इलाकामा आउँछ भने त्यसको पूरा सम्मानका साथ दाह संस्कार गरिनेछ ।’
स्मरण रहोस्, बक्सर जिल्ला उत्तरप्रदेश र बिहार राज्यको सीमावर्ती जिल्ला हो । गंगा नदीको किनारामा बसेको यो जिल्लाको उत्तरमा यूपीको बलिया जिल्ला र पश्चिममा गाजीपुर जिल्ला छ ।’
स्थानीयको फरक मतः
तर स्थानीय पत्रकार सत्यप्रकाशले भने प्रशासनको दाबी स्वीकारिरहेका छैनन् ।
उनी भन्छन्, ‘अहिले गंगाको पानीमा धार छैन । पूर्ववर्ती हावा चलिरहेको छ । यस्तोमा शव बगेर कसरी आउनसक्छ ?’
उनी थप्छन्, ‘९ मे बिहान पहिलो पटक मलाई थाहा भयो, मैले त्यहाँ लगभग सय शव देखेँ । जुन १० मेमा निकै कम भयो । वास्तवमा बक्सको चरित्रवन घाटको पौराणिक महत्व छ र अहिले त्यहाँ कोरोनाका कारण शव जलाउने ठाउँ नै छैन । त्यसैले मानिसहरु शवलाई आठ किलोमिटर टाढा चौसा मसानघाटमा ल्याइरहेका छन् । ’
‘तर यो घाटमा दाउराको कुनै व्यवस्था छैन । डुङ्गाको परिचालन पनि बन्द छ त्यसैले मानिसहरु शवलाई गंगा नदीमा यत्तिकै बगाइदिइरहेका छन् । डुङ्गा चलेका बेला कति मानिसहरुले शवलाई घडा बाँधेर गंगा नदीको बीच धारमा प्रवाहित गरिरहेका छन् ।’
यस्तै घाटमा बस्ने पंडित दीन दयाल पाण्डेले स्थानीय पत्रकारसँगको कुराकानीमा भने, ‘साधारणतया यो घाटमा दुईदेखि तीनवटा शव मात्रै आउने गर्दथ्यो तर यता पछिल्लो १५ दिनदेखि करिब २० शव आइरहेका छन् । यहाँ गंगामा तैरिरहेका शव संक्रमित व्यक्तिहरुको शव हो । यहाँ गंगा नदीमा बगाउन हामी दिँदैनौं तर उनीहरु मान्दै मान्दैनन् । सरकारले यहाँ चौकीदार राखेका छन् तर उनीहरुको कुरा पनि कसैले सुन्दैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे
-
यी हुन् वाईसीएलका नवनिर्वाचित ५२ पदाधिकारी
-
कैलालीमा ग्यास सिलिन्डर पड्किँदा एक जना घाइते
-
के हो टेलिकमको बिलिङ प्रकरण ?, अख्तियारले कहाँनिर देख्यो भ्रष्टाचार ?
-
वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य, १ हजार ४३ कम्पनी तोकिएको देशमा काम गर्न पत्राचार