यी चिनियाँ सहकर्मीका कारण भयो बिल गेट्सको सम्बन्धविच्छेद ? महिलाले दिइन् जवाफ

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले हालै आफ्नो सम्बन्धविच्छेदको घोषणा गरेका छन् । हालसम्म यो बहुचर्चित सम्बन्धविच्छेदको कारण खुल्न सकेको छैन तर यसैबीच एक महिलाको नाम सार्वजनिक भएको छ । खबरलाई विश्वास गर्ने हो भने यही महिलाका कारण बिल र मेलिन्डाको सम्बन्धविच्छेद भएको हो ।
थुप्रै अनलाइन अफवाहका अनुसार बिल र चिनियाँ महिला ज्हे शेली वाङ्गको अफेयर चलिरहेको थियो । यद्यपि, यी अफवाह बढेपछि वाङ्ग आफैं सार्वजनिक भइन् र उनले चीनको लोकप्रिय सोसल मिडिया वेबोमा आफ्नो पक्ष राख्दै यी अफवाहको खण्डन गरिन् ।
वाङ्गले चीनको मन्दारिन भाषामा लेखेकी छिन्, ‘मलाई लागेको थियो यो अफवाह आफसे आफ समाप्त हुनेछ किनभने यो अफवाह आधारहीन छ तर मलाई थाहा थिएन कि यो यति धेरै बढ्दै जानेछ । म ती सबैलाई धन्यवाद दिन चाहन्छु जसले मलाई यो मुश्किल समयमा साथ दिनुभयो र यी अफवाह समाप्त गर्न मेरो मद्दत गरे ।’
स्मरण रहोस्, ज्हे शेली वाङ्ग ३५ वर्षकी छिन् र उनी चीनबाट अमेरिका आएकी थिइन् । उनी हाल सिएटल शहरमा बसिरहेकी छिन् र अविवाहित छिन् । उनी एक व्यावसायिक ट्रान्सलेटर हुन् र उनले गेट्स फाउन्डेशनबाहेक येल स्कूल अफ म्यानेजमेन्ट र हार्वर्ड बिजनेस स्कूलका लागि पनि काम गरिसकेकी छिन् ।
वाङ्गले ब्रिगहम यंग युनिभर्सिटीबाट पढाई गरेकी छिन् र उनी मन्दारिन, अंग्रेजी र केन्टोनेस भाषाकी जानकार हुन् । रिपोर्टका अनुसार उनले गेट्स फाउन्डेशनका लागि फ्रिलान्सको रुपमा काम गरेकी छिन् । यसबाहेक उनले कोरोना कालअघि अमेरिका र शांघाईको फ्लाइट्समा पनि काम गरिसकेकी छिन् ।
वाङ्गकी साथी लीले यसबारे एक ब्लग पोस्ट पनि लेखेकी छिन् । उनले वाङ्ग आफ्नो पुरानो सहकर्मी भएको छ र उनीबाट आफूले धेरै प्रेरणा पनि पाएको बताएकी छिन् । उनी भन्छिन्, ‘म कहिल्यै विश्वास गर्न सक्दिनँ कि उनले अरुको वैवाहिक जीवनमा दखल दिने कोसिस गर्न सक्छिन् ।’
यो मामिलामा वाङ्गकी साथी लीले वाङ्ग निकै महत्वाकांक्षी भएको पनि बताइन् । उनी भन्छिन्, ‘उनी विभिन्न काम गर्नका लागि आफूलाई निकै प्रोत्साहन गर्छिन् । उनले दुई वर्ष अघि पाइलटको लाइसेन्स पनि पाएकी थिइन् र उनले पाइलटको तालिम पनि पूरा गरिसकेकी छिन् ।’
स्मरण रहोस्, बिल गेट्सको सम्बन्धविच्छेदको घोषणाका साथै टाइम म्यागजिनको एक आर्टिकल भाइरल हुन थालेको थियो र यसका कारण उनको नीजि जीवनबारे चर्चा हुन थालेको थियो । यो आर्टिकलमा लेखिए अनुसार बिल गेट्सको आफ्नी श्रीमतीसँग एक अचम्मको सम्झौता थियो ।
उक्त सम्झौता अनुसार बिल गेट्स हरेक वर्ष आफ्नी पूर्व प्रेमिका ए विनब्लेडलाई भेट्नका लागि एक सिक्रेट बीचहाउस जाने गर्दथे । न्यूयोर्क पोस्टले हालै यस सिक्रेट बीचहाउसको तस्बिर जारी गरेको थियो । रिपोर्टका अनुसार यो बीचहाउस एनको हो र यो ठाउँ मानिसहरुबीच निकै लोकप्रिय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?