बिल गेट्सले प्रेमिकालाई लिएर मेलिन्डासँग राखेका थिए यस्ता शर्त
विवाहको २७ वर्षपछि विश्वकै धनिको सूचीमा रहेका बिल गेट्स र मेलिन्डाको सम्बन्धविच्छेद भयो । माइक्रोसप्टका संस्थापक समेत रेहका बिल गेट्सको सम्बन्धविच्छेदपछि उनीहरुको विषयले विश्वभर चर्चा पाइरहेको छ । यसैबीच, उनीहरुको प्रेम, विवाह र सम्बन्धलाई लिएर विभिन्न खुलासाहरु भइरहेका छन् ।
मेलिन्डासँग विवाह गर्नुअघि बिल गेट्सले उनकी प्रेमिकालाई लिएर एक शर्त राखेका थिए ।
सन् १९९७ मा टाइम पत्रिकालाई दिएको अन्तरवार्तामा बिल गेट्सले प्रेमिकाको विषयमा राखेको शर्तको बारेमा खुलासा गरेका थिए ।
उनले मेलिन्डासँग विवाह गर्नुपूर्व आफ्नी प्रेमिका एन विनब्ल्याडसँग हरेक वर्ष एक लामो समयका लागि “विकेन्ड” का लागि जान पाउनुपर्ने शर्त राखेको बताएका थिए ।
यति मात्र होइन उनले मेलिन्डालाई विवाहको प्रस्ताव राख्नुअघि आफ्नी प्रेमिकाको स्वीकृती समेत लिएका थिए । उनले अन्तरवार्तामा भनेका थिए, “ मैले मेलिन्डासँग विवाह गर्नुअघि मेरी प्रेमिका विनब्ल्याडसँग फोन गरेर स्वीकृती लिएको थिएँ । उनले पनि मलाई विवाह गर्न स्वीकृती दिएकी थिइन् ।”
विनब्ल्याड सप्टवेयरको विज्ञ थिइन् । र बिल गेट्सभन्दा ५ वर्ष जेठी पनि । अलग अलग शहरमा बस्ने भएकाले उनीहरु भर्चुअल डेट गर्ने गर्थे । उनीहरु एकै समयमा एउटै फिल्म हेर्थे र फोनमा यसको विषयमा कुराकानी गर्थे ।
अन्तरवार्तामा बिल गेट्सले भनेका थिए, “ हामी आफ्नो र विश्वभरका घटनाको विषयमा आफ्नो धारणा शेयर गर्ने गथ्यौँ ।”
सन् २००५ मा सान फ्रान्सिस्को क्रोनिकल अखबारलाई दिएको एक अन्तरवार्तामा विनब्ल्याडले भनेकी थिइन्, “ जब मैले बिलसँग डेट गर्न थालेको थिएँ त्यतिबेला उनी कुनै ठूलो व्यक्ति थिएनन् । एक समय थियो मेरो आर्थिक अवस्था उनको भन्दा राम्रो थियो र म हरेक चिजको पैसा तिर्ने गर्थेँ ।”
बिल गेट्स विनब्ल्याडको प्रेममा पागल थिए । उनले उनको लागि मामंशाहारी खाना खान पनि छोडे । बिल सधैँ उच्च बिचार राख्ने भएको विनब्ल्याड उनीसँग प्रभावित थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा