बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

बादल नै बन्ने भए राष्ट्रिय सभा सदस्यको उम्मेदवार

शुक्रबार, २४ वैशाख २०७८, १२ : ०७
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको नेता सुवास नेम्वाङले जानकारी दिए ।

​‘उहाँ रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय भयो र उहाँ उम्मेदवारी दिन त्यसतर्फ हिँडिसक्नुभयो,’ नेम्वाङले भने । माधव नेपाल पक्षका नेताहरुको कारवाही फिर्ताबारे भने कुनै निर्णय भइनसकेको उनको भनाइ छ । ‘अरु विषयमा आन्तरिक छलफल भइरहेका छन् । निर्णय भैसकेको छैन’, नेता नेम्वाङको भनाइ छ ।

विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टी)का उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी दिँदैछन् । अब यो पदमा बादल र देवकोटाको प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप