बादल नै बन्ने भए राष्ट्रिय सभा सदस्यको उम्मेदवार

काठमाडौं । नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको नेता सुवास नेम्वाङले जानकारी दिए ।
‘उहाँ रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय भयो र उहाँ उम्मेदवारी दिन त्यसतर्फ हिँडिसक्नुभयो,’ नेम्वाङले भने । माधव नेपाल पक्षका नेताहरुको कारवाही फिर्ताबारे भने कुनै निर्णय भइनसकेको उनको भनाइ छ । ‘अरु विषयमा आन्तरिक छलफल भइरहेका छन् । निर्णय भैसकेको छैन’, नेता नेम्वाङको भनाइ छ ।
विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टी)का उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी दिँदैछन् । अब यो पदमा बादल र देवकोटाको प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
-
५ बजे मन्त्रिपरिषद् बैठक, हटाइएलान् कुलमान ?
-
पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी, भारत र चीनका पर्यटक भित्र्याउने उद्देश्य
-
कृष्णकुमारको १० बुँदामा एकीकृत समाजवादीको समीक्षा (पूर्णपाठ)
-
आकाशे पुल र जेब्रा क्रसिङको मतलब छैन, तस्बिरमा बाटो काट्नेहरूको लापरबाही