कुनै सहमति भएको छैन, भ्रममा नपर्नुस् : माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अहिलेसम्म अध्यक्ष ओलीसँग कुनै सहमति नभएको प्रस्ट पारेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले आफुहरु सिद्धानतनिष्ठ क्रान्तिकारी, नीति र विधिको आधारमा एकताबद्ध एमाले चाहाने भन्दै त्यसका लागि वार्ता र लचकता अपनाउने तर अहिलेसम्म कुनै सहमति नभएको बताएका हुन् ।
‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन’, नेता नेपालको भनाइ छ ।
उनले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै बटम लाइन भएको पनि प्रस्ट पारेका छन् । ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअलमलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं’, नेपालको प्रस्टिकरण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभापति चयनपछि सक्रिय बन्न थाले लुम्बिनी प्रदेशका संसदीय समितिहरू
-
धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने
-
गुजरातलाई ४ विकेटले पराजित गर्दै बैंग्लुरु सातौँ स्थानमा
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
-
निःसन्तान दम्पतीले कस्तो अवस्थामा गर्ने आइभीएफ र आइयुआई ?
-
काठमाडौँका यी स्थानहरूमा आजदेखि विद्युत् सेवा प्रभावित हुने