मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले विपक्षी दलहरूको धर्नाका बाबजुद शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका छन् । आइतबार साँझ कडा सुरक्षाबीच मुख्यमन्त्रीकाे कार्यालय पुगेर यादवले पोखरेललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि यादवले पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका हुन् ।
साथै मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका ४ जनालाई मन्त्री पदमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका सन्तोष पाण्डे र बाँकेका बिजयबहादुर यादवलाई मन्त्री नियुक्तसँगै सपथ खुवाएका हुन् । पाण्डे र यादवले यसअघि नै सम्हाल्दै आएको भौतिक पूर्वाधार बिकास मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
साथै आर्थिक मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजालले पनि आइतबारै शपथ लिएका छन् । यसअघि आइतबार बिहान एकल बहुमतको सरकार बनाउने ध्येयका साथ पोखरेलले पदबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ