लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध ४२ सांसदको हस्ताक्षर (हस्ताक्षरसहित)
लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका १ जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् भने अरु २ जनाले साथ छाडेका छन् ।
जसका कारण पोखरेल थप संकटमा फसेका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दूगनारायण पाण्डेय राजीनामा दिएका छन् भने कपिलवस्तु–२ (२) का धर्म बहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेर विपक्षी गठबन्धनतिर लागेर हस्ताक्षर गरेका छन् । उनीहरुको हस्ताक्षर लगेर अहिले माओवादी , नेपाली कांग्रेसका सांसदहरुको टोली प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । आजै विमला ओली पनि माओवादीतिर लागेकी थिइन् ।
प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले संविधानको धारा १६८ (१) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपनि विपक्षी गठबन्धनले विरोध गरिरहेका छन् । नियुक्तिको विषयमा लिएर अहिले ४२ जना सासंदहरुले हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएको नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्ध खानले रातोपाटीलाई बताए । उनले प्रदेश प्रमुखले विधि र विधान बसेर काम गर्नु पर्ने र पोखरेलको पुनर्नियुक्ति बदर गर्नुपर्ने माग रहेको बताए ।
पोखरेलविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुको सूचीः



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण