लुम्बिनीमा एकल बहुमतको सरकारका लागि एमालेको दाबी पेश
काठमाडौं । लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीमा पार्टीमा दाबी पेश गरेको पत्र प्रदेश प्रमुखलाई पठाउने निर्णय गरेको छ ।
एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा पुनः दावी पेश गर्ने निर्णय गरेको हो ।
‘नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले पुन मुख्यमन्त्रीमा एकल बहुमतको सरकार बनाउने दावी पेश गर्ने निर्णय गरेको छ । दावी पेश गरेको पत्र प्रदेश प्रमुखलाई पठाइसकिएको छ’, नेकपा एमालेका सांसद बैजनाथ चौधरीले रातोपाटीसँग भने, ‘प्रदेश प्रमुखले संविधान अनुसार आजै नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुन्छ र सम्भव त आजै प्रक्रिया मुख्यमन्त्रीले सपथ लिनुहुनेछ ।’
एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले पनि संसदीय दलले मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको बताए । उनले संविधानको धारा १६८ को १ अनुसार एकल सरकार गठन गर्नको राजीनामा आएको रातोपाटीलाई बताए ।
यसैबीच आजै लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन पनि बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण