लुम्बिनी प्रदेशसभाको बैठक : मुख्यमन्त्रीको राजीनामापछि कार्यसूची परिवर्तन
बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन पूर्वनिर्धारित समयमै आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ । लुम्बिनी प्रदेश सचिव दुर्भककुमार पुन मगरले मुख्यमन्त्री राजीनामा दिए पनि बैठक बस्ने तर अविश्वासको प्रस्तावको विषय चाहिँ टुङ्गिएको बताए । उनले आज प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र सुनाउने कार्यसूची रहेको बताए ।
यस अघि मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूची रहेको थियो । वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश सभाको विशेष अधिवेशन बोलाउन उनीहरुले समावेदन गरेका थिए । तर आज मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि राजनीतिले अर्को मोड लिएको हो ।
आजै एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्व बहुमतको नयाँ सरकार बनाउने निर्णय गरेको प्रमुख सचेतक भूमिश्वर ढकालले बताएका छन् । उनले संविधानको धारा १६८ को १ अनुसार बहुमतको सरकार गठन गर्नका लागि राजीनामा आएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण