उपेन्द्र यादवको निर्णयविरुद्ध महन्थ ठाकुर निर्वाचन आयोगमा
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई कारवाही गरेपछि सोही पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नरहेको भन्दै अध्यक्ष ठाकुरले आयोगलाई ध्यानाकर्षण गराएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लुम्बिनी प्रदेशमा सांसदलाई पार्टीबाट निष्काशन गरेको बारेमा पार्टीका अध्यक्ष महन्थ ठाकुरले ध्यानाकर्षण गराएको बताए । ध्यानाकर्षण गराएपनि आयोगले तत्काल त्यसमा केही गर्न नसकिने जवाफ दिएको छ । उनले भने, पार्टीले गरेको कारवाहीमा निर्वाचन आयोगले केही गर्न सक्दैन ।’
जसपा नेपालको १४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चारजना सांसदलाई बिहीबार कारवाही गरेको हो । तर अर्का अध्यक्ष महन्थ ठाकुरले भने कारवाही ‘भएको छैन’ भन्दै प्रदेशसभाका सभामुखलाई पत्र पठाएका छन् ।
यता, कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका सांसदहरु पनि कानुनी उपचारमा जाने तयारी गरिरहेका छन् । स्रोतका अनुसार समय रहेमा आजै नै सर्वोच्च अदालतमा रीट दायर गर्ने उनीहरुको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
-
बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक : सञ्चालक र कर्मचारी पक्राउ
-
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
-
हालसम्मकै सर्वाधिक रेटिङ प्राप्त गर्दै ऐरी उक्लिए चौथो स्थानमा
-
इयु प्रतिबन्धबारे चीनको चेतावनी
-
कश्मीरमा हेलिकप्टर दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
