सरकारमा जान्न भनिसकेको छु, अनावश्यक हल्ला चलाइयो : इन्द्रलाल सापकोटा
पोखरा । गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले आफूलाई बदनाम गर्ने गरी विभिन्न कोणबाट अनावश्यक हल्ला चलाइएको आरोप लगाएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव पेश भइसकेको अवस्थामा आफू पनि सरकारमा सामेल भएर नेकपा एमालेभित्रको एकतालाई बलियो बनाउने प्रयास भएको भन्दै हल्ला चलाइएको उनले बताए ।
‘म यस्तो बेलामा मन्त्री हुन जान्छु र ?’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘बिहान केही महोदयले मलाई सोध्नुभएको थियो तर मैले यो अवस्थामा मन्त्री हुन इच्छुक छैन भनेर प्रस्ट भनिसकेको छु ।’
गण्डकी प्रदेशसभामा नेकपा एमालेको खनाल–माधव पक्षका एकमात्र सांसद रहेका उनले हिजो सहज परिस्थितिमा आफूलाई वास्ता नगरिएको तर अहिले अविश्वास प्रस्ताव आइसकेपछि फ्लोर क्रस गर्ने त्रासले सरकारमा सामेल गर्न खोजिएको उनको भनाइ छ ।
तर आफूले अविश्वास प्रस्तावमाथि मतदान हुँदा पार्टी संसदीय दलको निर्णयलाई उल्लंघन नगर्ने उनले बताए । ‘मैले फ्लोर क्रस गर्छ कि भनेर उहाँहरु डराउनु पर्दैन,’ उनले भने, ‘यो उमेरमा आएर म आफ्नो करिअरलाई धरापमा पार्दिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म