गण्डकीमा प्रदेशमा दीपक मनाङेले लिए मन्त्रीको शपथ
बिहीबार, १६ वैशाख २०७८, १६ : २७

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दिपक मनाङे लाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
नवनियुक्त मन्त्री गुरुङको बिहीबारै सपथ लिएका छन् । प्रदेश नीति तथा योजना आयोगको सभाहलमा चार बजे सपथ खुवाइएको थियो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले मनाङ्गेलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् । संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित भएका थिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आइतबार कस्ताे रहला तपाईँकाे दिन ? हेराैं आजकाे राशिफल
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा