कता हराए जनमोर्चाका सांसद ? प्रदेश अध्यक्ष भन्छन् – गडबडी देखियो !

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ । मतदान गर्ने बेलामा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएपछि बैठक नै रोकेर हराएका सांसदको खोजी थालिएको छ ।
मतदान गर्ने बेलासम्म सांसद सम्पर्कमा नआएपछि गण्डकी प्रदेशको बैठकमा हल्लीखल्ली मच्चिएको थियो । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले आफ्नो पार्टीका सांसद सम्पर्कविहीन रहेको बताए ।
उनले रातोपाटीसँग भने, ‘केही गडबडी देखियो । फेसबुकमा बिरामी भएको लेखेर सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएका छन् । उनी सम्पर्कविहीन भएपछि संसद बैठक रोकेर हामी खोजीमा लागेका छौ । भेट हुनासाथ जानकारी गराउँछौ ।’
यसैबीच सांसद शाहीका स्वकीय सचिव मिलन हमालले फेसबुकमा शाही विरामी भएको स्टाटस पोष्ट गरेका छन् । हमालले सांसद शाही अस्पतालको आइसीयूमा भर्ना भएको दावी गरेका छन् । तर, पार्टी नेतृत्वले भने यो दाबीमा आशंका व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र
-
‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै
-
विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य