कता हराए जनमोर्चाका सांसद ? प्रदेश अध्यक्ष भन्छन् – गडबडी देखियो !
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ । मतदान गर्ने बेलामा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएपछि बैठक नै रोकेर हराएका सांसदको खोजी थालिएको छ ।
मतदान गर्ने बेलासम्म सांसद सम्पर्कमा नआएपछि गण्डकी प्रदेशको बैठकमा हल्लीखल्ली मच्चिएको थियो । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले आफ्नो पार्टीका सांसद सम्पर्कविहीन रहेको बताए ।

उनले रातोपाटीसँग भने, ‘केही गडबडी देखियो । फेसबुकमा बिरामी भएको लेखेर सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएका छन् । उनी सम्पर्कविहीन भएपछि संसद बैठक रोकेर हामी खोजीमा लागेका छौ । भेट हुनासाथ जानकारी गराउँछौ ।’

यसैबीच सांसद शाहीका स्वकीय सचिव मिलन हमालले फेसबुकमा शाही विरामी भएको स्टाटस पोष्ट गरेका छन् । हमालले सांसद शाही अस्पतालको आइसीयूमा भर्ना भएको दावी गरेका छन् । तर, पार्टी नेतृत्वले भने यो दाबीमा आशंका व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
