शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनमोर्चाका सांसद बेपत्ता भएपछि प्रदेशसभा बैठक स्थगित

बुधबार, १५ वैशाख २०७८, १७ : ०५
बुधबार, १५ वैशाख २०७८

पोखरा । राष्ट्रिय जनमोर्चाका एक संसद् बेपत्ता भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएको भन्दै प्रदेशसभा सचिवालयमा खोजी गर्न मागसहित पार्टीले निवेदन दिएको थियो ।

प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित रहेको र उनी सम्पर्कविहीन रहेपछि सोही पार्टीका तर्फबाट सांसद पियारी थापाले केहीबेर अघि प्रदेशसभा सचिवालयमा निवेदन दिएकी हुन् । उनले सांसद शाही सम्पर्कविहीन भएको भन्दै खोजीका लागि निवेदन दिँदै प्रदेशसभा बैठक स्थगनका लागि माग गरेकी थिइन् ।

यसअघि बुधबार बसेको प्रदेशसभा बैठक सभामुख नेत्रनाथ अधिकारीले साढे चार बजेसम्मका लागि स्थगित गरेका थिए । जनमोर्चाका सांसद शाही प्रदेशसभामा अनुपस्थित रहेको पार्टीको सम्पर्कमा समेत नरहेपछि अविश्वास प्रस्तावका पक्षधर दलहरुले बैठक स्थगन गर्न माग गरेका छन् ।

नेपाली काँग्रेसका प्रदेशसभा सदस्य विष्णु लामिछानेका अनुसार सांसद नै बेपत्ता भएको अवस्थामा संसदको प्रक्रिया अघि बढाउन उचित नहुने भएकाले बैठक स्थगित गर्न माग गरिएको हो । ‘हराएका भनिएका सांसदको खोजी पहिलो प्राथमिकता हो, उहाँले कता मत दिनुहुन्छ भन्ने कुरा दोस्रो प्राथमिकता हो,’ उनले भने, ‘पक्षमा होस् या विपक्षमा, मत दिनका लागि त प्रदेशसभामा उपस्थित हुनुप¥यो नि ।’

सम्बन्धित पार्टीले आफ्नो सांसद सूचनाविना नै सम्पर्कविहीन भएको भन्दै निवेदन दिइसकेपछि पहिला ती सांसदको खोजी गर्नु प्राथमिक कर्तव्य हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप