आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अक्सिजन सिलिन्डरमा कर छुट गर्ने सरकारको निर्णय

बुधबार, १५ वैशाख २०७८, १६ : १७
बुधबार, १५ वैशाख २०७८

सरकारले कोभिड-१९ को उपचारमा प्रयोग हुने जीवनदायक अक्सिजन सिलिन्डर लगायतलाई कर छुट गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री पार्वत गुरुङले सरकारले बद्नियतपूर्वक अनुसन्धान वा अभियोजन गरिएको कसुरको सम्बन्धमा परेको उजुरीको सम्बन्धमा अनुसन्धान गर्न अनुसन्धान समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखा हेर्ने सहसचिव र प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयको प्रहरी नायब महानिरीक्षकलाई तोक्ने निर्णय गरेको पनि जानकारी दिए ।

मातृशिशु स्वास्थ्य सेवाको क्षेत्रमा उपयोग गर्न जर्मन सरकारबाट प्राप्त सहयोग स्वीकार गर्ने वित्तिय सम्झौतामा हस्ताक्षर गर्न अर्थ सचिव र सहसचिवलाई अख्तियारी प्रधान गरिएको छ । नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरि ३ अरब २७ करोड कायम गर्ने निर्णय पनि सरकारले गरेको छ ।

त्यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसी र रामशरण पौडेलको सेवा अवधि ३० बर्ष ननाघ्ने गरी २०७८ वैशाख २१ देखि २०७९ वैशाख १८ गतेसम्म पदावधि थप गर्ने निर्णय पनि सरकारले गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप